ग्यासको अनुदान हटाउछौँ, विद्युतको महसुल घटाउछौँ : उर्जा मन्त्री पुन

उर्जामन्त्री वर्षमान पुनले सरकारले ग्यासको अनुदान हटाएर विद्युत महसुल घटाउन लागेको खुलासा गरेका छन्। उर्जा मन्त्रालयले ग्यासको अनुदान हटाउन र विद्युतको महसुल घटाउने प्रस्ताव अगाडि बढाएको पुनले खुलासा गरेका हुन्।

 

शुक्रबार राजधानीमा पत्रकारहरुसँगको भेटमा मन्त्री पुनले ग्यासको अनुदान हटेपछि मुल्य दोब्बर हुने र त्यसले विद्युतको आन्तरिक बजार श्रृजना गर्ने बताए। ‘हामीले एउटा परिवारले इन्डक्सन चुल्हो, रेफ्रिजरेटर लगायतका घरेलु सामान चलाउँदा खपत हुने १ सय देखि १सय १५ युनिटसम्मको विद्युतको महसुल घटाउने तयारी गरेका छौँ’, पुनले भने, ‘मुल्य घटेपटि विद्युतको बजार बढ्ने देखिन्छ।‘

उनले अहिले पनि २० लाख परिवारले २० युनिट भन्दा कम विद्युत खपत गरिरहेको बताए। ’१० युनिट भन्दा कम विद्युत खपत गर्ने ७ लाख परिवार छन्’, पुनले भने, ‘हामी उनीहरुलाई विद्युत महसुल नलाग्ने व्यवस्था गर्दैछौँ।‘ उनले नयाँ योजना आगामी बजेटबाट लागू गर्ने तयारी भैरहेको उल्लेख गरे। १० युनिट भन्दा कम विद्युत खपत गर्ने परिवारहरु गरिबिको रेखामुनी भएकाले उनीहरुले मासिक न्यूनतम ३० रुपैँया तिरे पुग्ने व्यवस्था गर्न लागिएको उनले उल्लेख गरे।

 

’३० रुपैँया तिर्दा अपनत्व हुन्छ’, पुनले भने, ‘शुल्न नलिने व्यवस्था गर्दा प्राधिकरणले बिग्रदाँ नबनाउन पनि सक्छ। त्यसैले हामीले थोरै शुल्क लाग्ने व्यवस्था गर्छौँ।‘ उनले विद्युत महसुल छुट दिदाँ मासिक २१ करोडको भार विद्युत प्राधिकरणलाई थपिने भएपनि सरकारले बेहोर्ने बताए।

मन्त्री पुनले अमेरिकाको सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन हुनुपर्ने बताए। एमसिसीबाट रकम आउने आशामा सरकराले विभिन्न करिडोरमा विद्युत प्रशारण लाइन बनाइरहेको उल्लेख गर्दै एमसिसी पारित गर्नुपर्ने बताए। आफू अर्थ मन्त्री भएका बेला एमसिसीका विषयमा छलफल भएको स्मरण गर्दै उनले त्यतिबेला होटलमा लगानी गर्ने छलफल भएपनि विद्युततर्फ ल्याइएको उल्लेख गरे। ‘अहिले अमेरिकाले त्यसलाई इण्डो प्यासेफिकमा राखेको रहेछ। एमसिसी मात्र होइन युएसएड पनि इण्डो प्यासेफिक भित्रै रहेछ’, पुनले भने, ‘युएसएड चलिरहने अनि एमसिसी नचल्ने भन्ने हुन्न।‘ उनले एमसिसीमा उठेका राजनीतिक प्रश्नहरुमा भने स्पष्ट हुनु आवश्यक रहेको टिप्पिणी गरे।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित