विमानस्थलबाट २ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित  दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् ।

उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले अनलाइनखबरलाई बताए । ‘तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको रहेछ’, उनले भने ।

यूएईबाट आएका उनीहरुले लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो ।

यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

सरकारले गठन गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणको छानविन टोलीको अनुसन्धानपछि विमानस्थलबाट हुने सुन तस्करी ठप्प भएको दाबी गरिएको थियो । तर, तस्करी गर्ने समूहले विभिन्न शैली अपनाएर सुन भित्र्याउने गरेका छन् ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित