राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया शुरु

काठमाडौं। माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बिहीबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ। निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले सम्बन्धित प्रदेशका मतदाताको संख्या प्रकाशित गरेका छन्।

बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन र ११ बजेदेखि ४ बजेसम्म नामावलीउपर दाबी विरोधको उजुरी दिने कार्य गरिएको थियो।

यसरी सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र ७ सय ५३ स्थानीय तहतर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन्।

उनीहरूको मतभार भने फरकफरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ। उजुरीउपर छानविन गरी अन्तिम नामावली आज शुक्रबार प्रकाशित गरिने छ।

कार्यक्रमअनुसार २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। मनोनयन दर्ता भएका उम्मेदवारको नामावली पनि सोही दिन प्रकाशित गरिनेछ। त्यसैगरी २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयन र उजुरीउपर छानविन गरी निर्णय गर्ने र २३ गते नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।

२४ गते उम्मेदवारको नाम फिर्ता गर्ने प्रक्रिया पूरा भएपछि २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने माघ ९ गते हुनेछ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ।

तर नाम समावेश भए पनि कानुन प्रक्रियाबमोजिम हटेको व्यक्ति उम्मेदवार हुन बाधा नहुने आयोगकै भनाइ छ। राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारबाट मनोनित १ गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिदैँछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित