साउथ एशिया टाइमद्वारा सम्मानित बेलायतवासी नेपालीहरुको सूची सार्वजनिक

गोर्खा अनलाइन रेडियो
लन्डन -लन्डनवासी नेपालीहरूले संचालन गर्दै आएको अंग्रेजी अनलाइन ‘साउथ एशिया टाइम’ ले नयां वर्ष सन् २०२० को अवसर पारेर जनवरी १ का दिन आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सम्मानित सूची प्रकाशित गरेको छ ।

कसैलाई मूल्याँकन अनि रेकिंङ गरेर तह विभाजन गर्ने, कसैलाई उछाल्ने या पछार्ने भन्दा सामाजिक संजाल, प्रकाशित देखिने विवरणहरूका आधारमा बेलायतको नेपाली समाजमा योगदान गरिरहेका व्यक्तित्वहरूको सूची तयार गरिएको र यसलाई साउथ एशिया टाइमको सम्मान लिस्टको रुपमा बुझीदिन सम्पादक जगन कार्कीले अनुरोध गरे । संकलित नामहरूबाट निर्धारित मूल्याँकन समितिले विविध मापदण्डको आधारमा समावेसी रूपमा सूचीलाई अन्तिम टुंगो लगाएको बताइएको छ ।

‘अपेक्षाकृत रूपमा नयाँ आप्रवासी समुदाय भएपनि बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । उनीहरुको उपलब्धिको पहिचान र सम्मान गर्ने तथा ब्रिटिश समुदायलाई जानकारी पनि दिलाउने उद्देश्यले यो सूची तयार गरी प्रकाशित गरिएको हो’- साउथ एशिया टाइमका कार्यकारी सम्पादक डा. कृष्ण उपाध्यायले भने ।

सूचीमा सफल उद्यमी, समाजसेवी, युवा प्रेरणा, स्थानीय राजनीति, सार्वजनिक सेवा, सफल पेशाकर्मी तथा असाधारण योगदान गर्नेहरूको छुट्टाछुट्टै सूची प्रस्तुत गरिएको छ । त्यसैगरी जनवरी अन्तिम साता साउथ एशिया टाइमको आयोजनामा ‘प्रवासीहरूको उद्यमसिलता, आर्थिक निर्भरता र मानव अधिकार’ विषयक विचार गोष्ठी आयोजना गरिने भएको छ ।

आफ्नो वर्षगाँठको अवसर पारेर साउथ एशिया टाइम आनलाइनले नेपाल भ्रमण वर्षलाई लक्षित गरी ब्लग, कविता र निबन्ध प्रतियोगिता पनि गर्ने भएको छ । प्रतियोगितामा भाग लिन नेपालको पर्यटन सम्बन्धी लेख रचना सामग्री अंग्रेजिमा हुनुपर्ने छ । आगामी एप्रिल महिनासम्म आएका लेख, रचना प्रकाशित गर्दै जाने र सबैभन्दा बढि लाइक, शेयर र भ्यूज भएका ३ सामग्रीलाई पुरस्कृत गरिने बताइएको छ ।

सार्वजनिक सूचीको लागि यहाँ क्लिक गर्नुहोला

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित