घरपायकको विद्यालयमा पढ्न सरकारको अनुरोध

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई सकेसम्म घरपायकका विद्यालयमै पढ्न अनुरोध गरेको छ । मन्त्रालयले हालै जारी गरेको शिक्षा नीतिमा यस्तो अनुरोध गरेको हो ।

राम्रो विद्यालयको नाममा घण्टौ समय लगाएर टाढा टाढाका विद्यालयमा विद्यार्थी पढ्न पठाउँदा उनीहरुमा मानसिक असर पर्नेदेखि समयसमेत बर्बाद हुने भएकोले घर नजिकको विद्यालयमै पढ्न उचित हुने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय विद्यार्थीलाई टाढाको स्कुलमा पढ्न पठाउँदा सडक जाम हुने समस्या पनि बढेको छ । सडक जाम बढेकै कारण सरकारले उपत्यका भित्रका विद्यालयमा नौ बजेभित्र नै विद्यार्थी लगिसक्नुपर्ने नियम बनाएको छ ।

शिक्षा नीतिमा विद्यालयको नक्साङ्कन गर्ने विषय पनि समेटिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएमा अहिलेजस्तो मनपरी रुपमा विद्यालय खोल्ने व्यवस्थाको पनि अन्त्य हुनेछ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित