अमेरिकाद्वारा इराक र सिरियामा हवाई हमला, १८ जनाको मृत्यु

बीबीसी। आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियाका मिलिसियाहरूका अखडामा आक्रमण गरेको छ। कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।

अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन भनेको छ। गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।

समाचार संस्था रोयटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ।

इराकका सुरक्षा निकाय तथा मिलिसियाहरूले रोयटर्सलाई बताए अनुसार कम्तीमा १८ जना मिलिसियाहरूको मृत्यु भएको छ। तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह- कताइब हिज्बुल्लाह – सन् २००७ मा गठन भएको हो। अमेरिकाका अनुसार उक्त समूहको इरानको कुड्स फौजसँग बलियो सम्बन्ध छ र यसले इरानबाट पटकपटक सहयोग प्राप्त गर्दै आएको छ।

ट्रम्प प्रशासनले कुड्स फौज अमेरिकाप्रति लक्षित विभिन्न आतङ्कवादी समूहलाई लगानी गर्ने, तालिम, हतियार र विभिन्न किसिमका उपकरण दिने इरानी संयन्त्र रहेको आरोप लगाउँदै आएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित