तीन नम्बर प्रदेशको नाम बागमती राख्न नेकपाको प्रस्ताव

काठमाडौं। सत्तारुढ दल नेकपाले प्रदेश नम्बर ३ को नाम बागमती राख्न प्रस्ताव गरेको छ। पार्टी सचिवालयको आइतबारको बैठकले प्रदेश नम्बर ३ को नाम बागमती राख्ने प्रस्ताव पारित गरेको पूर्व प्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘आज अरु विषयमा कुरा भएन, प्रदेशको नाम बागमती राख्ने प्रस्ताव थियो, पारित भयो। राजधानी भने तत्कालका लागि हेटौंडालाई नै लिएर जाने निर्णय भयो।’

तीन नम्बर प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेशको नामाकरण गर्न नसकेपछि नेकपा सचिवालय बैठकले नै तीन नम्बर प्रदेशको नाम बागमती राख्न सिफारिस गरिएको हो।

तीन नम्बर प्रदेशका नेकपाको दुई तिहाई बहुमत छ। प्रदेशको नाम र राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने प्रावधान छ।
आजको बैठकमा मुख्य रुपमा सभामुखको उम्मेद्वार र एमसीसीबारे निर्णय गर्ने एजेण्डा थियो। तर ती एजेण्डामा प्रवेशनै नगरी तीन नम्ब प्रदेशको नाम बागमती राख्न सिफारिस गर्ने निर्णय भएको खनालले जानकारी दिए।

नेकपाले सभामुखको उम्मेद्वार चयन गर्न नसक्दा प्रतिनिसभा बैठक प्रभावित हुँदै आएको छ। ११ गतेका लागि बोलाइएको बैठक सभामुखको उम्मेद्वार टुंगो नलाग्दा १६ गतेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहन्छन्। तर अर्का अध्यक्ष प्रचण्डमाथि पूर्व माओवादी केन्द्रबाट सभामुख बनाउनु पर्ने दवाब छ।

यसैगरी अमेरिकी सरकारले प्रदान गर्ने भनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने नगर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। नेकपा स्थायी कमिटीको बैठकले एमसीसी स्वीकार गर्ने नगर्ने विषयमा निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिएको थियो। नेकपाभित्र एमसीसीलाई स्वीकार गर्ने र नगर्ने विषयमा मतभेद छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित