नेप्लिज सेफ एशोसिएसन यूकेले अंग्रेजी नयां वर्ष मनाउने

गोर्खा अनलाइन रेडियो,लन्डन
नेप्लिज सेफ एशोसिएसन यूकेले अंग्रेजी नयां वर्षको अवसर पारेर नयां वर्ष २०२० को शुभकामना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी ६ जनवरी सोमबार लन्डनको इष्टकोट स्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुन गइरहेको उक्त कार्यक्रमलाई पारिवारिक जमघट सहित विभिन्न आकर्षक नेपाली परिकारहरुको साथमा मनाइने योजना रहेको कार्यक्रम संयोजक एनआरएनए युके इङ्ल्यान्ड राज्यसमितिका सदस्य एवं नेप्लिज सेफ एसोसिएसन युकेका उपाध्यक्ष मोहन ओलीले जानकारी दिएका छन् ।

स्वदेश तथा विदेशमा समेत लोकप्रिय रहेको इन्द्रेणी कार्यक्रमका कलाकारको पनि उपस्थिति रहनेछ । गायक भीम पौडेल, गायिका खीम रोका मगर र सिर्जु अधिकारीको आकर्षक प्रस्तुति रहने आयोजकले बताएका छन् ।

लोक दोहोरीको आनन्द, नेपाली परिकारहरुको स्वादका साथै एक आपसमा रमाइलो भेटघाट गर्दै नयां वर्षको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नेप्लीज सेफ एशोसिएसनका अध्यक्ष दधी आचार्यले बताएका छन् ।

सांझ ५ बजेदेखि राती १० बजेसम्म संचालन हुने उक्त कार्यक्रममा आयोजकहरुले सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् । ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित