गोर्खा अनलाइन रेडियो लन्डन,
भारतको प्रतिष्ठित बनारस हिन्दू विश्वविद्यालयले भूतको शिकार हुनेहरुको लागि कसरि उपचार गर्ने भन्ने बारेमा कोर्स संचालन गर्ने भएको छ । वाराणसीको उत्तरी शहरमा अवस्थित बनारस हिन्दू विश्वविद्यालय (BHU) मा आगामी जनवरी महिनाबाट ६ महिनाको भूत विद्या सम्बन्धि कोर्स संचालन गरिने बीबीसीले जनाएको छ ।
आयुर्वेद संकायद्वारा संचालित यसको पाठ्यक्रम चिकित्सा र उपचारको पुरातन हिन्दू प्रणाली अनुरुप हुनेछ । सो विद्यालयमा भूत विद्या सम्बन्धि एक छुट्टै एकाईको व्यबस्था गरिनेछ । आयुर्वेद संकायका डीन यामिनी भूषण त्रिपाठीका अनुसार भूत विद्याले मुख्यतया मनोवैज्ञानिक असन्तुलन, अज्ञात कारणले हुने रोगहरु र दिमाग सम्बन्धि रोग वा मानसिक अवस्था सम्बन्धि विषयलाई निराकरण गर्नेछ ।
उनले भनेका छन् कि, भूत विद्या सम्बन्धि बिरामीको आयुर्वेदिक उपचार को बारेमा अध्ययन गराउने यो नै देशको पहिलो विश्वविद्यालय हुनेछ । आयुर्वेदिक उपचारहरूमा सामान्यतया जडिबुटी औषधि, आहार परिवर्तन, मसाज, स्वासप्रस्वास र व्यायाम जस्ता विषय समावेस हुनेछन । भूत विद्या सम्बन्धि सरकारको यस किसिमको पाठ्यक्रमको बारेमा सामजिक संजालमा प्रश्न असहमति व्यक्त गरिएको छ ।
मानसिक स्वास्थयलाई प्रभावकारी बनाउनको लागि औषधि तथा पुनर्वास नै बढी उपयुक्त हुने उनीहरुको दावी छ ।
source-BBC





