भारतको विश्वविद्यालयमा भूत विद्या पढाइने

गोर्खा अनलाइन रेडियो लन्डन,

भारतको प्रतिष्ठित बनारस हिन्दू विश्वविद्यालयले भूतको शिकार हुनेहरुको लागि कसरि उपचार गर्ने भन्ने बारेमा कोर्स संचालन गर्ने भएको छ । वाराणसीको उत्तरी शहरमा अवस्थित बनारस हिन्दू विश्वविद्यालय (BHU) मा आगामी जनवरी महिनाबाट ६ महिनाको भूत विद्या सम्बन्धि कोर्स संचालन गरिने बीबीसीले जनाएको छ ।

आयुर्वेद संकायद्वारा संचालित यसको पाठ्यक्रम चिकित्सा र उपचारको पुरातन हिन्दू प्रणाली अनुरुप हुनेछ । सो विद्यालयमा भूत विद्या सम्बन्धि एक छुट्टै एकाईको व्यबस्था गरिनेछ । आयुर्वेद संकायका डीन यामिनी भूषण त्रिपाठीका अनुसार भूत विद्याले मुख्यतया मनोवैज्ञानिक असन्तुलन, अज्ञात कारणले हुने रोगहरु र दिमाग सम्बन्धि रोग वा मानसिक अवस्था सम्बन्धि विषयलाई निराकरण गर्नेछ ।

उनले भनेका छन् कि, भूत विद्या सम्बन्धि बिरामीको आयुर्वेदिक उपचार को बारेमा अध्ययन गराउने यो नै देशको पहिलो विश्वविद्यालय हुनेछ । आयुर्वेदिक उपचारहरूमा सामान्यतया जडिबुटी औषधि, आहार परिवर्तन, मसाज, स्वासप्रस्वास र व्यायाम जस्ता विषय समावेस हुनेछन । भूत विद्या सम्बन्धि सरकारको यस किसिमको पाठ्यक्रमको बारेमा सामजिक संजालमा प्रश्न असहमति व्यक्त गरिएको छ ।

मानसिक स्वास्थयलाई प्रभावकारी बनाउनको लागि औषधि तथा पुनर्वास नै बढी उपयुक्त हुने उनीहरुको दावी छ ।
source-BBC

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित