राप्रपालाई बैकल्पिक शक्ति बनायरै छाड्ने कमल थापाकाे दाबी

हेटाैंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुकुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गरायरै छाड्ने दृढता ब्यक्त गरेका छन्।

बुधबार हेटौंडामा पार्टी जिल्ला समितिद्वारा आयोजित बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले धर्म,संस्कृती र गौरबशाली पहिचानको रक्षा, संरक्षण र सम्बर्द्धनका साथ मुलुकलाई सबल र समृद्धिको मार्गमा डोर्‍याउदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे।

आफ्नो धर्म,सस्कृती र पहिचानको पक्षमा बोल्दा कुनै हिनताबोध राख्नुपर्ने आबश्यक नरहेको भन्दै थापाले उच्च मनोबलका साथ पार्टीको फरक र मौलिक बिचार जनता समक्ष लैजान कार्यकर्ताहरुलाई आग्रह गरे। मुलुकमा भ्रस्टाचार संस्थागत ढङ्गले अघि बढिरहेकोमा आक्रोश ब्यक्त गर्दै उनले बिकृती,बिसङ्गिती र ब्रम्हलुटको विरुद्धमा जनता नजागे मुलुक धराशायी हुँदै जाने चिन्ता प्रकट गरे। ठूला-ठूला भ्रस्टाचार काण्डमा ठुला नेता र ठुला पार्टीको संलग्नता देखिनु बिडम्बना भएको उनको भनाई थियो।

एनसेल ,बालुवाटार जग्गा, वाइडबढी, गोकर्ण रिसोर्ट, सुन काण्ड जस्ता जघन्य भ्रस्टाचार काण्डको जबाफ जनताले एकदिन खोज्ने थापाको बिश्वास थियो। मकवानपुरे जनताको माया र बिश्वासबाट राष्ट्रिय राजनितीमा कृयाशिल भएको चर्चा गर्दै थापाले पार्टी र बिचारलाई बलियो बनाउन परस्पर आत्मियता र एकताका साथ अगाडि बढ्न सबैमा आग्रह गरे।

अहिले आपसमा आरोप प्रत्यारोप र कमि कमजोरीको मात्र कुरा गरेर बस्ने बेला नभएको भन्दै उनले उच्च मनोबलकका साथ सकृय र उर्जाका साथ संगठन निर्माणमा होमिन आग्रह गरे। जिल्ला अध्यक्ष मधु अधिकारिको अध्यक्षता बसेको बैठकमा सह-महामन्त्री दिपक सिंह, केन्द्रिय सदस्यहरु, जिल्ला, क्षेत्र र नगरका पदाधिकारी तथा जनबर्गिय संगठनका प्रमुखहरुले आ-आफ्नो धारणा राखेका थिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित