एनआरएनए यूके ‘सामाजिक संघसंस्था समन्वय विभाग’ विस्तार

गोर्खा अनलाइन रेडियो,
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष रोजिनाप्रधान राईले ‘सामाजिक संघ संस्था समन्वय विभाग’ गठन गरेकी छन् । एनआरएनए यूकेको ८ डिसेम्बरमा सम्पन्न बैठकले रोजिनालाई उक्त विभागको संयोजक तोकेको थियो ।

एनआरएनए यूकेको ‘विभाग गठन तथा कार्यसञ्चालन कार्यविधि २०१९’ ले निर्दृष्ट गरे अनुसार आगामी २ वर्षका लागि गठन गरिएको विभागमा संयोजक रोजिना प्रधान राई, सदस्य सचिव विष्णु चालिसे, डा. राजेन्द्र थापा, पवन शर्मा, हेम लिम्बु, जीवन सेन, भगवती रानाभाट, ओजेश सिंह र राजेन्द्र गुरुङ छन् ।

त्यसैगरि सल्लाहकारहरुमा रामशरण सिम्खडा, ले. (रि) चन्द्रबहादुर गुरुङ, डा. मुकुन्द बास्तोला, महेश अधिकारी र यादव श्रेष्ठ छन् ।सामाजिक क्रियाकलाप सञ्चालन र यसको समुचित तरिकाले एनआरएनए यूकेसंग संयोजन गर्न सहयोग पुग्ने हिसाबले संघसंस्था सवलीकरणमा योगदान पुरयाएका व्यक्तिलाई विभागमा ल्याइएको संयोजक रोजिनाले एक विज्ञप्तिमार्फत जनाएकी छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित