बागलुङमा कवितामा ‘जहाज’ आए पछि…

दिल शिरीष,

बागलुङ, जिल्लाको बलेवा बिमानस्थलमा २२ बर्ष पछि जहाज आयो । बागलुङ नगरपालिकाको बिशेष पहलमा सञ्चालनमा दुई दशकपछि जहाज आउदा जिल्लावासी निकै उत्साहित थिए । बिडम्बना ! बिमानस्थल केही महिनामै बन्द भयो । त्यसपछि बलेवा बिमानस्थल सञ्चालन र यसको निरन्तरताबारे व्यापक बहस र बिवाद भयो । यद्यपी, अहिले यो बिषय पुस महिनाको ठण्डी जस्तै चिसिएको छ । तर, शनिवार बागलुङमा आयोजित एक साहित्यिक कार्यक्रममा बलेवाको जहाजको बिषयले अतिथी र सहभागीलाई केही रोमाञ्चित पनि बनायो र केही गम्भिर पनि ।

कारण, हातेमाले साहित्य संगमले ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रम मार्फत मञ्चमा उतारेका ओमप्रसाद घायल (पर्वत)ले सुनाएको ‘बलेवामा जहाज’ शिर्षकको कविता । कार्यक्रमका प्रमुख अतिथी थिए बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल । मेयर पौडेललाई लक्षित गर्दै कवि घायलले यो कविता सुनाए पछि हल केही हाँसो मिश्रित तालीले गुञ्जयमान भयो ।
गाउँलेलाई यति मात्र थाहा छ
धेरै बर्ष पहिले
जहाजको मैदान बनाउन
धेरैले श्रमदान गरेका थिए
जहाज मैदानकै लागि ढुंगा बोक्दा
भाँचिएको थियो मेरा ‘बा’ को दाहिने खुट्टा

कविता सुने पछि मन्तव्य दिन मञ्च उभिएका मेयर पौडेलले सोही बिषयबाट भाषण अघि बढाए । उनले साहित्यमा आँफ्नो पहिलेदेखी नै शोख रहेको उल्लेख गर्दै कविताले ध्यानाकर्षण गरेको बताए । ‘घायल जीले बलेवा बिमानस्थलका बारेमा कविता सुनाउनु भो,’ उनले भने,‘म अहिले पनि प्रतिवद्ध छु, धावनमार्ग कालोपत्रे हुँदैछ, कवि लेखकहरुले यसैगरी रचनात्मक दबाब दिइरहनुपर्छ ।’ उहाँले नगर साहित्य मार्फत जिल्लाको आम रुपमा सकरात्मक सन्देश फैलाउने गरि कार्यक्रममा सहकार्य र सहयोग गर्न तयार रहेको समेत उद्घोष गरे । घायलले आमा, अखबार, नयाँ नेपाल, सपनाको प्रेम यात्रा र फुलमाया शिर्षकको कविता सुनाए ।
एक मञ्च तीन सर्जक कार्यक्रममा मुक्तक सुनाउन मञ्चमा उभिएका बागलुङका सर्जक ताराप्रसाद शर्मा स्टारले चोटिला मुक्तक सुनाएर मन जिते ।

स्वदेशमै रोजगार भए, खाडी जान पर्दैनथ्यो
दमको रोगी बाआमा, छाडी जान पर्दैनथ्यो
दाया बाया ल्याप्चे लगाई,घर धितो राखी
सय कडा पचासमा ऋण,काडी जान पर्दैनथ्यो

शर्मा पछि गजल सुनाउन मञ्च आएका म्याग्दीका शंकर चोखालले सशक्त गजल सुनाएर वाहवाही बटुले ।

घरमा आगो लाग्यो भने, दमकल आउँछ
जब दमकलमा आगो लाग्छ, केले निभाउछ
कुनै प्रेम स्थायी नहुने निष्कर्ष यसकारण निकालियो
त्यही आगोले न्यानो दिन्छ, त्यसैले जलाउँछ

कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले हातेमालेको कार्यक्रम नविन सोचको भएको बताउनुभयो । कविता, गजल र मुक्तकले तातेको साहित्यिक महफिलमा सुर साधना प्रशिक्षण केन्द्रका प्रमुख सुर्य घताने लगायतको गीत पनि प्रस्तुत गरेका थिए ।

हातेमालो साहित्य संगमकी अध्यक्ष सरु पौडेलले अग्रज स्रष्टाको सम्मान र नवोदित सर्जकको पहिचान र प्रोत्साहनका लागि कार्यक्रम गरिएको बताए । कार्यक्रम संस्थाकी अध्यक्ष पौडेलको अध्यक्षता, सचिव प्रेम मगरको स्वागत मन्तव्य र कोषाध्यक्ष लक्ष्मी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित