गोर्खा अनलाइन रेडियो,लन्डन,
“घुम्टो उघारी तिम्रो, त्यो चन्द्र मुहारलाई हेरिरहन पाउँ, हेर्दै त्यो मुहारमा म त हराउन पाउँ”
लोकप्रिय गायक दीपक लिम्बुद्वारा स्वरबद्ध ‘घुम्टो उघारी तिम्रो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
बेलायत निवासी संचारकर्मी संजयभक्त कँडेल र मोडल रिना भण्डारीको अभिनय रहेको यस म्यूजिक भिडियोलाई बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको हो । इनाश यूके तथा नेपाल पत्रकार महासंघका यूकेका महासचिव संजयभक्तले यस अघि पनि म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
भिडियोमा दुवैजनालाई निकै रोमान्टिक रुपमा प्रस्तुत भएको देख्न पाइन्छ । उत्तम जंग लिम्बुको शब्द संगीत रहेको यस गीतको म्यूजिक भिडियोमा प्रभु गुरुंगको निर्देशन तथा कोरियोग्राफी रहेको छ । साहस शाक्यको एरेन्ज, साजन साहको मिक्सिङ रहेको यस भिडियोमा सुमन श्रेष्ठको नेतृत्वमा गुणदेव घिमिरेको छायांकन रहेको छ भने सम्पादन विन निरौलाले गरेका छन् ।
म्युजिक भिडियो हेर्नुहोस,
[embedyt] https://www.youtube.com/watch?v=2oMHLKa-34U[/embedyt]





