क्यान्सर रोगलाई जितेका प्रेरणाका स्रोत मंजु र पाण्डव पोखरा म्याराथुनमा दौडने

जगन कार्की ,
लन्डन, मानव जीवनमा सबैभन्दा घातक सावित मानिने रोगको रुपमा क्यान्सर रोगलाई मान्ने गरिन्छ । क्यान्सर भन्ने बित्तिकै मानिसहरू अत्तालिएर मानसिक रुपमा बिरक्तिने देखि जिउने इच्छा नै त्याग्ने सम्मका आम घटना पाइन्छ । बेलायत निवासी दुई असाधारण नेपालीहरुले भने क्यान्सरलाई पनि जितेर अन्य शारीरिक रुपमा सवल र स्वास्थ्यहरुलाई सम्म दैनिक प्रेरणा भरेर हिडेका छन् ।

आगामी २०२० फेब्रुवरी महिनाको १५ तारिख (फाल्गुन ३ गते) पोखरामा हुने १४ औं अन्तरास्ट्रिय पोखरा म्याराथनमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उदेश्यले क्यांसर जस्तो प्राणघातक रोगलाई सम्म जितेका दुई नेपालीहरू पाण्डव महतो र मञ्जु गुरुङ बेलायतबाट पोखरा पुगेर दौड़मा भाग लिने भएका छन् । नेपालको सिराहा जिल्लामा जन्मिएका बेलायत निवासी पाण्डव महतोलाई २००९ मा आमसयको क्यान्सर भएको थियो । एकातिर किमो उपचार अर्को तिर परिवार पाल्न काम गर्न पर्ने बाध्यता ।

जीवनको कठिन घडीमा प्राण घातक बिरामीलाइ पनि जितेर उनि बिस्तारै दौडमा सामेल भए । हाल उनले बिश्व बिख्यात ३ म्याराथन लण्डन , बर्लिन , सिकागो म्याराथन दौडीसकेका छन् ।हाल दौड उनको नित्य कर्म जस्तो भएको छ । त्यस्तै अर्की आत्मा बलकी धनि महिला हुन् मन्जु गुरुङ । कुनै जमानाका नामी फुटबल खेलाडी स्व. लालकाजी गुरुङकी जेठी छोरी हुन् । पटियाला स्पोर्ट सेन्टर पंजाबबाट डिप्लोमा इन स्पोर्ट गरेकी मन्जुले नेपाल राष्ट्रिय भलिबल प्रशिक्षक भएर धेरै बर्ष काम गरिन ।

सन् १९९१ सालमा बेलायत छिरेकी मञ्जु एक सन्तानकी आमा हुन भने नेपाली गायक सपन राईकी जीवन संगिनी हुन् । केहि बर्ष यता मञ्जु नर्सिङ पेशामा अबद्ध छिन् । दिनभर सामाजिक काममा ब्यस्त ररहने र राती नर्शको कामले गर्दा उनलाई यस्तो रोगले समात्यो। क्यानसर, सुन्ने बित्तिकै ७५ प्रतिशत शरीर मर्दछ । २००५ सालमानै बकिङहाम युनिभर्सिटीबाट नर्सिङमा डिप्लोमा गरिसकिकि मञ्जुले शरीर र स्वास्थको राम्रो ज्ञान भएकाले क्यानसरसँग लड्नका लागि पुरा तयारी गरिन् ।

आत्मबल, सकरात्मक सोच, दिमाग र शरीरको संबन्ध, वेलनेश र होलनेश आदिमा समर्पित गर्दै लागिन।सेप्टेम्बर १०१७ मा पत्तालागेको रोगलाई मञ्जुले पुरै निकालेर फाल्न सफल भएका छन्। अहिले मञ्जुमा भिन्नै खालको जोश-जागर देखिन्छ। जिवन र काल बीचको यात्राबाट उम्केकी निडर महिला कैयौं आफू जस्तै पिडितहरुलाई हौसलाका पाठ सिकाउँछिन।अध्यात्मिक चिन्तनले पनि बाँच्ने आधरलाई सुलभ बनाउँछ भन्ने अनुभव अरु माँझ बांडी हिडेकीछिन ।

पोखरामा हुन लागेको म्याराथनलाई सफल बनाउन पोखरेली मंच बेलायत र नेपाल रनका दौड अभियन्ताहरु बिच लण्डन नर्थला पार्कमा भएको एक छलफल कार्यक्रममा नेपालमा म्याराथनलाई दौड प्रतियोगिता मात्र हेरिने ग़लत संस्कारलाई चिरेर शारीरिक स्वास्थ्य, सामूहिक स्वास्थ्य , च्यारिटी , वातावरण चेतना र पर्यटन प्रबर्धनको अभियानको सेतु भएकोकुरा सवैले बुझेर चेतना फैलाउनु पर्ने राय पोखरा म्याराथनका संयोजक चन्द्र गुरुङले राखे ।

विश्वका मुख्य ६ म्याराथन दौडने प्रथम नेपाली सन्तोस राईले दौडको महत्व र चेतना अभिब्रिद्दी गर्न धरानमा सुरु गरिएको धरान रन हेरेर नेपाल भरका स्थानीय निकायहरुले सिक्नु र अनुसरण गर्नु पर्ने राय व्यक्त गरे । दौड या म्याराथनलाई नेपालमा खेलकुदका रुपमा मात्र बुझिने ग़लत परिपाटी छ । दौड़ मार्फ़त शारीरिक तंदुरुस्ती मात्र हैन बिश्वमा हरेक वर्ष अरबौ च्यारिटी फ़ण्ड रेज गर्ने , मानिसहरूलाई निरोगी बन्न प्रेरित गर्ने , सामूहिक भावना जगाउने र स्वास्थ्य समाज निर्माण गर्ने साधनको रुपमा निकास गरीएको छ ।

विश्वभर बिकसित हूँदै गएको यस्तो पार्करन संस्कृति नेपालमा पनि स्थापना गर्न नेपाल रन मार्फ़त प्रयास सुरु गरिएको कुरा संतोसले जानकारी दिए । पछिल्लो समय म्याराथन र दौडलाई खेलको रुपमा मात्र नलिएर शारीरिक तन्दुरुस्ती , च्यारिटी र जनचेतना फैलाउने माध्यमका रूपमा बिकसित गरिएको छ । युरोप अमेरिका तिर हरेक हप्ता बस्ति टोलका पार्क हरुका सामुहिक पार्क रन गरेर समुदायको स्वास्थ्य र त दुरुस्तीका लागि सरकारी र सामुदायिक संस्थाहरुले पहल गर्ने चलन बढेको छ ।

सुन्दर नगरी पोखरामा हुने उक्त म्याराथन दौड़ संग़ै नेपाल भ्रमण गर्न बेलायत लगायत संसारभरबाट भागलिनेहरूको संख्या बढ़ने क्रममा रहेको आयोजना सहयोगी मनप्रसाद गुरुंग बताऊँछन । कार्यक्रममा पोखरेली मंचका चन्द्र बहादुर पुन , मन प्रसाद गुरुङ , कर्म गुरुङ , पुर्व खेलाडी संघका लोक गुरुङ लगायतले आफ्नो विचार राखेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित