क्याप्टेन विजय लामा लण्डनमा

गोर्खा अनलाइन रेडियो


लन्डन । नेपालका वरिष्ठ विमान चालक, कलाकार तथा अभियन्ता क्याप्टेन विजय लामा शनिबार साँझ लन्डन आइपुगेका छन् । लामालाई स्वागत गर्न आयोजक समर्पण समुह, गैर आवासीय नेपाली संघका प्रतिनिधि तथा पत्रकारहरु हित्रो विमानस्थालमा पुगेका थिए ।
बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा २२ डिसेम्बर आइतबारका दिन हुन् गइरहेको गीती एम्बम ‘समर्पण’ को लोकार्पण तथा च्यारिटी कार्यक्रममा सहभागी हुन लामा लन्डन आएका हुन् । मकवानपुर स्थित श्री देवहित आधारभूत विद्यालयको सहयोगार्थ बेलायतस्थित समर्पण समूहले ‘क्याप्टेन विजय लामासंग एक साँझ’ नामक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको उपस्थिति रहनेछ भने विशेष अतिथिको रुपमा क्याप्टेन विजय लामा रहनेछन् । कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा सांगीतिक प्रस्तुति हुनेछ । साथै क्याप्टेन लामाले आफ्ना प्रेरणादायी अनुभव सुनाउने छन् ।

ज्यादा तडकभडक नगरी कम खर्च गरेर उठेको रकमलाई बढि भन्दा बढि शिक्षा क्षेत्रमा खर्च गर्ने आयोजकले बताएका छन् । बाँकी फोटो हेर्न यहाँ क्लिक गर्नुह्होला

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित