युरोपको सांगीतिक यात्रामा गायक खुमन अधिकारी फिनल्याण्डतिर

गोर्खा अनलाइन रेडियो लन्डन,

पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रका स्थापित अनि लोकप्रिय गायक खुमन अधिकारीको नाम स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुको लागि नौलो नहुन सक्छ । सुमधुर स्वरका धनि गायक खुमन अधिकारी लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर लाग्दै आएका छन् ।

यतिबेला नेपालमा चल्ने मेला महोत्सवको चटारोलाई छाडेर गायक खुमन अधिकारी, रमिला न्यौपाने, सहिमा श्रेष्ठ र sandip न्यौपाने युरोपको सांगीतिक यात्रातिर लागेका छन् । अंग्रेजी नयां वर्ष सन् २०२० को कार्यक्रमको लागि फिनिस नेपाली समाज फिनल्याण्डको निमन्त्रणामा करिब एक महिनाको लागि उनीहरु युरोप लागेका हुन् ।

फिनल्याण्ड, बेल्जियम,फ्रान्स डेनमार्क.पोर्तुगल लगायतका देशहरुका लागि कार्यक्रमको तय भइसकेको गायक खुमन अधिकारीले बताएका छन् । ‘नेपाली कलाकारहरुको लागि विदेशमा बस्ने नेपालीहरुको माया र सद्भाव अविस्मरणीय र प्रेरणाको स्रोत नै रहेको बताउछन गायक खुमन अधिकारी ।

समय मिलेसमा युरोपका विभिन्न स्थानहरुमा गएर मनोरंजन गराउने उद्देश्यले आफूहरु युरोप यात्रामा आएको उनीहरुले बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित