गोर्खा अनलाइन रेडियो लन्डन,
पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रका स्थापित अनि लोकप्रिय गायक खुमन अधिकारीको नाम स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुको लागि नौलो नहुन सक्छ । सुमधुर स्वरका धनि गायक खुमन अधिकारी लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर लाग्दै आएका छन् ।
यतिबेला नेपालमा चल्ने मेला महोत्सवको चटारोलाई छाडेर गायक खुमन अधिकारी, रमिला न्यौपाने, सहिमा श्रेष्ठ र sandip न्यौपाने युरोपको सांगीतिक यात्रातिर लागेका छन् । अंग्रेजी नयां वर्ष सन् २०२० को कार्यक्रमको लागि फिनिस नेपाली समाज फिनल्याण्डको निमन्त्रणामा करिब एक महिनाको लागि उनीहरु युरोप लागेका हुन् ।
फिनल्याण्ड, बेल्जियम,फ्रान्स डेनमार्क.पोर्तुगल लगायतका देशहरुका लागि कार्यक्रमको तय भइसकेको गायक खुमन अधिकारीले बताएका छन् । ‘नेपाली कलाकारहरुको लागि विदेशमा बस्ने नेपालीहरुको माया र सद्भाव अविस्मरणीय र प्रेरणाको स्रोत नै रहेको बताउछन गायक खुमन अधिकारी ।
समय मिलेसमा युरोपका विभिन्न स्थानहरुमा गएर मनोरंजन गराउने उद्देश्यले आफूहरु युरोप यात्रामा आएको उनीहरुले बताएका छन् ।





