पौडेल पक्षले बोलायो शशांक निवासमा तरूण दलको विशेष भेला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आफू पक्षीय तरूण नेता-कार्यकर्ताहरुको विशेष भेला बोलाएको छ ।
कांग्रेस महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला डाकिएको हो । भेलामा तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ ।

कांग्रेसको युवा भातृ संगठन तरूण दल लामो समयदेखि विवादको दलदलमा फस्दै आइरहेको छ । विवाद चर्किएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए ।

आन्तरिक विवादका कारण तरुण दल केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ । २०७३ मंसिर २ गते भागबण्डाका आधारमा तरुण दलको चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो ।

जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाइँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् । तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमा यही अपुरो कार्यसमितिले तीन वर्षे म्याद गुजारिसकेको छ ।

यद्यपि कार्यसमितिलाई ६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको तरुण नेताहरु बताउँछन् ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित