२२ वर्षको उमेरमा भिक्टोरिया क्रस पाउने शेर बहादुर थापा

गोर्खा नालाइन रेडियो लन्डन,

तनहु जिल्लाको घलेचापमा सन् १९२१ को २० नोभेम्बर मा जन्मेका शेरबहादुर थापा (क्षेत्री) ले कलिलो उमेरमा नै युद्धमा वीर गति प्राप्त गर्नेलाई प्रदान गरिने सर्वोच्च पदक भिक्टोरिया क्रस प्राप्त गरेका थिए । पिता रामधोज थापाका सुपुत्र शेर बहादुर थापा सन् १९४१ मा ब्रिटिश भारतीय सेनामा भर्ति भएका थिए । राइफलम्यान थापाले ९औं गोर्खा राइफल्सको पहिलो बटालियन अन्तर्गत सन् १९४२ देखि १९४४ सम्म सेवा गरेका थिए ।

द्वितीय विश्व युद्धका अवसरमा सन् १९४४ मा इटालीको सान मारिनोमा भएको युद्धमा थापाले वीरगति प्राप्त गरेका थिए । सोहि युद्धमा देखाएको बहादुरीका कारण उनलाई भिक्टोरिया क्रस जस्तो सर्वोच्च पदबाट सम्मान गरिएको थियो । उनले २२ वर्षको उमेरमा भिक्टोरिया क्रस प्राप्त गरेका हुन् । उनले प्राप्त गरेको भिक्टोरिया क्रस हाल भारतमा रहेको जानकारीमा आएको छ ।

द्वितीय विश्व युद्धमा विभिन्न चमत्कारी काम देखाउने, युद्धमा लड्ने सेनाका जवान भारतीय गोर्खा नेपाली सेनालाई ब्रिटेनको सवोर्च्च सम्मान ‘भिक्टोरिया क्रस’ प्रदान गरिएको थियो । उक्त सम्मान पाउनेहरूमा सु. लालबहादुर थापा, हवल्दार गजे घले, सिपाही गञ्जु लामा, नायक अगमसिंह राई, सु. नेत्रबहादुर थापा –क्षेत्री, सिपाही कमानसिं गुरुङ, सिपाही भानुभक्त गुरुङ, सिपाही कर्णबहादुर थापा, सिपाही लक्ष्मण गुरुङ, सिपाही तुलबहादुर पुन, सिपाही शेरबहादुर थापा -क्षेत्री, सु. रामबहादुर राई थिए ।

यसरी नै आफ्नो बहादुरीको पहिचान देखाउने भारतीय गोर्खा पल्टनका नेपाली सैनिकलाई एम.बी.इ., एम.सी., ओ.बी.आई, सिर्ं.इ. तथा अन्य तक्मा तथा सम्मानमार्फत सम्मान प्रदान गरियो। विश्व युद्धका विभिन्न मोर्चामा नेपाली सेनाले अंग्रेज सरकारलाई मद्दत गरेको र त्यसमा बहादुरी देखाएको थियो ।
(अन्य विस्तृत जानकारी एवं अमूल्य सल्लाह र सुझाव भएमा हार्दिक स्वागत छ, gurkharadio@gmail.com )

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित