चलचित्र जगतमा पहिरो ; दीपक क्षेत्रीको निधनको ३ दिनमा विकास बोर्डका अध्यक्षको निधन

काठमाडौं : फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको ५१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको लामाले बताए। निधनको खास थाहा नभए हृदयघात भएको हुनसक्ने चिकित्सकलाई उदृत गर्दै लामाले दिएको जानकारी दिए।

सोमबार बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ। त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए।  सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने पनि लामाले बताए।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित