गोर्खा अनलाइन रेडियो लन्डन,
आज डिसेम्बर १५ तारिख आइतबार अध्यक्ष श्री दीपक श्रेष्ठ को सभापतित्व तथा सचिब श्री गोबिन्द खरेलको सन्चालनमा तेस्रो बैठक बसेको छ । उक्त बैठक द्वारा जनमानसको चासोको बिषय रहेको नेपाली नागरीकता निरन्तरता, पैत्रिक सम्पतिको सुरक्षा तथा लगानीको अधिकार तथा सुरक्षा, गैर आवासीय नेपाली संघ को सदस्यता बन्नुको औचित्य, आवश्यकता तथा अधिकार जस्ता जिज्ञासा प्रत्यक्ष रूपमा राख्न र बुझ्न को लागी “ नागरिकता निरन्तरता” सम्बन्धमा यहि आउदो नयॉ बर्षको आगमन संगै जनवरी ५ तारीख, आइतबार का दिन एक बृहत अन्तरक्रिया कार्यक्रम को आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. हेमराज शर्मा, नेपाली नागरिकता निरन्तरता अभियानका अभियन्ता बेरिष्टर गोबिन्द बेलबासे, सुरेन्द्र नेपाली श्रेष्ठ लगायत यस बिषयका बिज्ञहरूले सम्बोधन गर्ने भएका छन् । बैठकले दोस्रो बैठकद्वारा पारित मनोनीत सदस्य तथा सल्लाहकारहरुलाई सोही अवसरमा स्वागत तथा सम्मान गर्ने पनी निर्णय गरेको छ । कार्यक्रम एम्पाएर हल अल्डरसटमा दिउँसो १२ बजे देखि साझ ७ बजे सम्म रहने भएको । गत सेप्टेम्बर २०१९ बाट निर्वाचित प्रथम (बर्ष २०१९-२०२१) कार्यसमितिले दुई अढाई महिनाको अवधिमा तीन वटा बैठक बसिसकेको छ जसमध्ये दुई अनलाइन रहेका छन ।
इंग्ल्याण्ड राज्य परिषदद्वारा संचालित अन्लाईन बैठकहरु पनि पुर्णतया प्रभावकारी हुने प्रमाणित गरेको छ । यसै बैठकद्वारा कार्यसमितिको कार्यभार तथा जिम्मेवारीको बाँडफ़ांड पनी गरेको छ । प्रक्रिया अनुसार निर्वाचित सदस्य प्रकाश न्यौपानेलाई प्रवक्ता चयन गरेको छ । साथै कार्यसमितिलाई विभागीय जिम्मेवारी दिएको छ ।
विभागीय जिम्मेवारीहरु निम्न छन:
१- संस्कृति तथा च्यारिटी विभाग – उपाध्यक्ष लाल बहादुर गुरुङ्ग
२- भाषा तथा साहित्य विभाग – सह-सचिब कृष्ण वैद्य
३- खेलकुद तथा युवा विभाग – सह-कोषाध्यक्ष चन्दन गुरुङ्ग
४- महिला तथा विद्यार्थी उत्थान तथा विकास- सदस्य श्रीमती वन्दना के.सी.
मनोनीत सदस्यहरुको चयन पश्चात बाँकी अन्य बिभागहरुमा पनी ज़िम्मेवारी तय गर्ने कार्यसमिति को निर्णय रहेक़ो छ । बैठकमा अध्यक्ष श्री दीपक श्रेष्ठले गैर आवसीय नेपाली संघ यूकेद्वारा सदस्यता कार्ड वितरण गर्ने कार्य इङ्गल्याण्ड राज्य समन्वय परिषदले जिम्मा लिएको जानकारी गराएका छन् । कार्डमा पोष्ट कोड नभएको कारणले बितरण गर्न एउटा ठुलो चुनौती रहेता पनि राज्य समन्वय परिषदले यसको अभिभारा लिएको छ । बैठकद्वारा यस कार्यलाई सम्मान पूर्वक स्वीकार गरेको छ ।
गैर आवसीय नेपाली संघ यूकेले मुचुल्का उठाएर राज्य समन्वय परिषद लाई ज़िम्मा दिने भनिएता पनि हाल सम्म कार्ड उपलब्ध हुन नसकेको ले कार्ड बितरण गर्न ढिलाई भैरहेको छ । कार्यक्रममा अध्यक्ष दीपक श्रेष्ठ लगाएत सम्पुर्ण कार्यसमितिले बेलायतवासी सबै नेपालीहरूलाई उपस्थितिको लागी आह्वान गरेको छ।





