गोर्खा अनलाइन रेडियो लन्डन,

नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण मृत्यु भएको छ । छातीमा पिडा भए पछि आईतवार राती ओम अस्पताल पुर्याइएका भट्टराईको उपाचारका क्रममा मृत्यु भएको छ ।
निकिता पौडेलको राजीनामा पश्चात रिक्त अध्यक्ष पदमा गत चैत ४ गतेबाट भट्टराई बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । चलचित्र निर्माण तथा अभिनयमा सक्रिय रहदै आएका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, लगायतका हिट चलचित्र दर्शकहरुमाँझ प्रस्तुत गरिसकेका छन् ।
पछिल्लो पटक गत चैत्र महिनामा उनको नयाँ चलचित्र यात्रा प्रदर्शन भएको थियो ।





