गोर्खा अनलाइन रेडियो लन्डन,
गैरआवासीय नेपाली संघ (एनआरएनए) को साइवर कन्फरेन्सको निकै लामो कसरतपछि कार्यसमितिलाई पूर्णता दिएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको उक्त बैठकले संघको कार्यसमितिमा २१ जना नयाँ सदस्यहरु समेत मनोनित गरिएको छ । साथै नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पार्न विदेशस्थित नेपाली दूतावाससँग सहकार्य गरी कार्यक्रम संचालन गर्ने निर्णय भएको छ । मनोनित कार्यसमितिको नामाली यसप्रकार रहेको छ ।
युरोप क्षेत्र
रामशरण सिम्खडा, भक्त गुरुङ्ग, अनुजा प्रधान, प्रेम पमु र गुणराज शर्मा ।
अमेरिका क्षेत्र
पासाङ्ग शेर्पा, पुरुषोत्तम बोहोरा, डा.हरि दाहाल, डा. विष्णुमाया परियार, यमुना भट्टराई र प्रमोद सिटौला ।
अष्ट्रेलिया क्षेत्र
डा. बिनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य चयन भएका छन् । मध्यपूर्वबाट नविन पौडेल, यास्मिन वेगम, अब्दुल बसिद ।
एशिया क्षेत्र
नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी ।
बैठकले ५१ जनाको मानार्थ परिषद् गठन गरेको संघका प्रवक्ता डिवी क्षेत्रीले जनाए । युकेबाट मानार्थ सदस्यहरुमा चिरन शर्मा, कर्ण शाही, चन्द्र गुरुङ्ग, रण केसी, विजन भट्ट र विनोद ज्ञवाली मनोनित भएका छन् ।
वैठकले संघका महत्वपूर्ण मानिएका विभागहरुको संयोजक समेत तोकेको छ । एनआरएन लगानी समितिको संयोजकमा अध्यक्ष कुमार, नेपाल भ्रमण वर्ष २०२०, निवर्तमान अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगारी, डा. बद्री केसी, भुपूगोखा समन्वयन समिति चन्द्र गुरुङ्गलाई चयन गरिएको छ ।
यस्तै नागरिकताको निरन्तरतामा रामप्रताप थापा संयोजक र सदस्यमा सोनाम लामालाई जिम्मेवारी तोएिको छ । यस्तै पर्यटन तथा व्यापार अर्जुन श्रेष्ठ, पर्यटन प्रवर्द्धन सपिला राजभण्डारी, भाषा तथा साहित्य हिक्मत थापा, विदेशमा नेपाली सामान प्रवर्द्धन शिव बरुवाल, एनआरएन नलेज एकेडेमी मन केसी, एनआरएनए एकेडेमी डा. प्रमोद ढकाल, नेपाल विज्ञान फाउण्डेसन् डा. राजु अधिकारी, भोकेस्नल शिक्षा राम थापा, मानविय साहयता तथा परोपकार सोनामा लामा, एक एनसीसी एक च्यारीटी रविना थापा, नेपाल लाईब्रेरी परियोजना नरेश कोइराला, रक्त संचार फडिन्द्र पन्त, स्वास्थ्य डा. संजिव सापकोटा, बालबालिका शिक्षा भूषण घिमिरे, महिला तथा युवा रविना थापा, महिला स्वास्थ्य रजनी प्रधान र स्पोटर्स एकेडेमी हिमाल गुरुङ्ग, संयोजक रहने भएका छन् ।
यस्तै बैठकले संस्थाको प्रशासन प्रमुखमा संघका महासचिव डा. हेमराज शर्मालाई जिम्मेवारी दिएको छ । बैठकले स्मार्ट एनआरएनए गौरी जोशी, सदस्यता वितरण आरके शर्मा, प्रकाशनतर्फ डिबी क्षेत्रीलाई संयोजक तोकेको छ । यस्तै बैठकले अनुसाशन समितिको संयोजकमा डा. अम्विका अधिकारी, सदस्यहरुमा इन्द्रा बन, डा. देवकाजी डंगोल, सूर्य गुरुङ्ग (युके), र कृष्ण पाण्डेलाई चयन गरेको छ । यस्तै बैठकबाट विधान संसोधन समितिको संयोजकमा भवानी ओली संयोजक, सदस्यहरुमा विनोद भट्टराई, रविन बज्राचार्य, पुष्प थापा, ओम गुरुङ्ग छन् ।
नियमावली निमार्ण समितिको संयोजक ध्रुव सुवेदी र संघको पोलिसी तथा प्रोसिडर समितिको संयोजकमा रामशरण सिम्खडा, संघको आर्थिक स्थायित्व समितिको संयोजकमा महेश श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा लोक दाहाल र एनआरएनए फाउण्डेशनको संयोजकमा एकनाथ खतिवडा चयन भएका छन् । प्रवक्ता क्षेत्रीका अनुसार बैठकले काठमाडौंमा ४ वटा सार्वजानिक शौचालय बनाउने निर्णय गरेको छ । बैठकले लाप्र्राकमा जस्तापाता बिक्रीबाट संकलन भएको रकम गोर्खा जिल्लाको अर्को क्षेत्रमा च्यारिटी काममा खर्च गर्ने निर्णय पनि गरेको छ । अर्को बैठक जनवरी दोस्रो साता नेपालमा बस्ने भएको छ ।





