सिन्धुपाल्चोकमा आइतबार बिहान बस दुर्घटना भएको छ । कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस अरनिको राजमार्गअन्तर्गत लामोसाँघु जिरी सडकको ५ किलोबाट खसेको हो ।घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १३ शव भेटिएको बताए। प्रहरीका अनुसार ४० यात्रु सवार बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ। घटनास्थलमा स्थानीय, प्रहरीले उद्धार कार्य सुरु गरेका छन्। भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। दुर्घटनामा घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागी पठाइएको छ। मृतकको सनाखत हुन बाँकी रहेको छ ।





