गोर्खा अनलाइन रेडियो लन्डन,
विश्वभरिका सुन्दरीहरुको लागि कुम्भ मेला मानिने सुन्दरी प्रतियोगीता “मिस वर्ल्ड” को ६९औं प्रतियोगिता आज लण्डनमा सम्पन्न भयो । संसारभरिका १ सय ११ जना सुन्दरीहरुले प्रतिस्पर्धा गरेको उक्त मिस वर्ल्डको उपाधि भने जमैकाकी २३ वर्षीय सुन्दरी टोनी एन सिंहको पोल्टामा पर्न गएको छ । तेस्तैगरी फ्रान्सकी ओफिली मेजिनोले फस्ट रनरअप र भारतकी सुमन रावले सेकेन्ड रनरअपको उपाधी प्राप्त गरेकी छन् ।
विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुग्न सफल नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ मा ब्यूटी विथ ए पर्पस’ को अवार्ड हात पार्न सफल भएकी छिन् ।
त्येस्तैगरी उनले ‘मल्टिमिडिया अवार्ड’ पनि जित्न सफल भएकी छिन । गतवर्ष सम्पन्न सन् २०१८ को मिस वर्ल्डमा सहभागी नेपाली सुन्दरी श्रृङ्खला खतिवडाले पनि ब्यूटी विथ ए पर्पस’ र मल्टिमिडिया अवार्ड जित्न सफल भएकी थिइन् ।





