मिस वर्ल्ड २०१९ को ताज जमैकाकी टोनी एन सिंहलाई

गोर्खा अनलाइन रेडियो लन्डन,

सन् २०१९ को ६९औं मिस वर्ल्डको ताज जमैकाकी २३ वर्षीय टोनी एन सिंहको पोल्टामा परेको छ । टोनी फ्लोरिडा स्टेट युनिभर्सिटीमा महिला सम्बन्धि अध्ययन र मनोविज्ञानकी विद्यार्थी हुन् भने उनि मेडिकल डाक्टर बन्ने अपेक्षाकासाथ अघि बढिरहेकी छन् ।

शास्त्रीय ओपेराकी शौखिन टोनी गाउने,खाना पकाउने, भ्लगींग, स्वयम्सेवामा जस्ता विषयमा रमाउने गर्छिन । विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छन् भने सेकेन्ड रनरअपको उपाधि भारतले जितेको छ । मिस वर्ल्ड २०१९ को फाइनल प्रतिस्पर्धा आज डिसेम्बर १४ का दिन लण्डनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालको तर्फबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकी थिइन् । मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेर टप ३० मा पर्न सफल भएकी अनुष्का टप १२ सम्म पुग्न सफल भएकी थिइन् । मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय ११ देशका सुन्दरीहरु सहभागि छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित