गोर्खा अनलाइन रेडियो लन्डन,
सन् २०१९ को ६९औं मिस वर्ल्डको ताज जमैकाकी २३ वर्षीय टोनी एन सिंहको पोल्टामा परेको छ । टोनी फ्लोरिडा स्टेट युनिभर्सिटीमा महिला सम्बन्धि अध्ययन र मनोविज्ञानकी विद्यार्थी हुन् भने उनि मेडिकल डाक्टर बन्ने अपेक्षाकासाथ अघि बढिरहेकी छन् ।
शास्त्रीय ओपेराकी शौखिन टोनी गाउने,खाना पकाउने, भ्लगींग, स्वयम्सेवामा जस्ता विषयमा रमाउने गर्छिन । विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छन् भने सेकेन्ड रनरअपको उपाधि भारतले जितेको छ । मिस वर्ल्ड २०१९ को फाइनल प्रतिस्पर्धा आज डिसेम्बर १४ का दिन लण्डनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा नेपालको तर्फबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकी थिइन् । मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेर टप ३० मा पर्न सफल भएकी अनुष्का टप १२ सम्म पुग्न सफल भएकी थिइन् । मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय ११ देशका सुन्दरीहरु सहभागि छन् ।





