गोर्खा अनलाइन रेडियो लन्डन,
बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीले १९८७ पछिकै ठूलो बहुमत हात पार्न सफल भएको छ । बेलायतका चारवटै राज्यहरु इंग्ल्याण्ड,स्कटल्याण्ड,वेल्स र नर्दन आइरल्याण्डमा जम्मा ६ सय ५० सिटका लागि निर्वाचन गरिएको थियो ।
प्राप्त नतिजा अनुसार कन्जरभेटिभ पार्टीले ४७ वटा सिट थप गर्दै ३६४ स्थानमा जित हाँसिल गरेको छ । तेस्तै बिपक्षी लेबर पार्टीले ५९ वटा सिट गुमाउदै २०३ स्थानमा जित हासिल गरेको छ । स्कटिस नेसनल पार्टीले थप १३ वटा सिट बढाउंदै ४८ र लिबरल डेमोक्रेटिक पार्टीले १ स्थान गुमाउदै ११ स्थानमा जित हासिल गरेको छ ।
बेलायतमा पछिल्लो ५ वर्षभित्रको यो तेस्रो निर्वाचन हो । सन् २०१५ मा सम्पन्न संसदीय निर्वाचनमा पनि कन्जरभेटिभ पार्टीले बहुमत हात पारेको थियो भने सन् २०१६ को जनमत संग्रहले ब्रेक्जिटको पक्षमा नतिजा आयपछी तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिए पछी टेरीजा मे प्रधानमन्त्री बनेकी थिइन् ।
टेरेजा मेले ब्रेक्जिटलाई आफ्नो पार्टीको तर्फबाट सहजीकरण गर्ने उद्देश्यले मध्यावधिको घोषणा गर्दा भएको बहुमत पनि गुमाउनु परेको थियो । तेसपछी प्रधानमन्त्री बनेका बोरिस जोन्सनले पुन मध्यावधि निर्वाचनको घोषणा गरेको थिए ।
सन् २००७ मा लण्डनको मेयर समेत भएका बोरिस जोनसन कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने पक्का भएको छ । कन्जर्भेटिभ पार्टीको बहुमत आएको खण्डमा सन् २०२० को जनवरीभित्र बेलायत युरोपेली संघबाट बाहिरिने जोनसन बताएका छन् । निर्वाचनको परिणाम आएपछि बोरिस जोनसनले आफू देश र जनताको लागि रातदिन खटेर काम गर्ने बताएका छन् ।





