विमानस्थलबाट तीन जना श्रीलंकन नागरिक पक्राउ

विहीबार अपरान्ह काठमाडौंकौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान नम्बर ६५१ दोहा उडान भर्नका लागि बोर्डिङ भइरहेको थियो।

विमानस्थलमा रहेको कतार एयरवेजको काउन्टरबाट तीन जना नागरिक बोर्डिङ पास लिएर अध्यागमन डेस्कतिर प्रस्थान गरे। उनीहरु दोहा हुदैँ इटली जान लागेका थिए।

तर उनीहरुलाई अध्यागमनका अधिकारीले त्यहाँबाट अघि जान अनुमति दिएनन। मलेसियाको पासपोर्टधारी उनीहरुमाथि अध्यागमन अधिकृतले शंकै शंकाले हेरे। किन भने उनीहरुले मले भाषा बोल्न र बुझ्न सक्दैनथे।

अध्यागमनका अधिकृत उनीहरुमाथि प्रश्नै प्रश्न तेर्साएपछि उनीहरुले आफू श्रीलंकन नागरिक भएको स्वीकार गरे।

यसरी अध्यागमनले नियन्त्रणमा लिएका ती जना श्रीलंकन नागरिकमा तनुषा जेवामनी,राबुशान जेवामाङ र इबराब्रु बचा रहेका छन।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले बोकेको मलेसियन पासपोर्टसमेत नक्कली भएको खुल्न आएको अध्यागगमन विभागका महानिर्देशक इश्वर राज पौडेलले जानकारी दिए। उनीहरुमाथि शुक्रबारबाट थप अनुसन्धान गरिने उनले बताए।

पक्राउ परेका तीनै जनाले आफ्नो पासपोर्ट च्यातेर युरोप छिर्नका लागि नक्कली मलेसियन पासपोर्टको सहायता लिएको बताएका छन्। स्रोतका अनुसार एक साता अघि नै उनीहरु नेपाल आएर बसेको खुल्न आएको छ।

उनीहरुले नेपाल हुदैँ युरोप प्रवेश गराउनका लागि केही समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। तस्करहरुको समूहले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा लिएको भन्दै प्रहरीले पनि यस विषयमा थप अनुसन्धान अघि बढाउने भएको छ।

सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित