विशेष दूत पठाउने कुनै तयारी छैन : बास्कोटा

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विशेष दूत भारत पठाउने हल्ला मात्र भएको बताएका छन्। मन्त्रिपरिषद्‍को निर्णयबारे जानकारी दिन सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्तो बताएका हुन्।

‘विशेष दूतको बारेमा मैले पनि मिडियाबाटै थाहा पाएँ, सरकारले भोलि पठाउन सक्ला तर अहिले यसबारेमा कुरा भएको छैन’, उनले भने,‘यो कुरा मिडियाबाटै बाहिर आयो र मिडियाबाटै सकियो।’

सीमा विावाद समाधानको विषयमा नेपाल आफूले सकेसम्म कोसिस गरिरहेको बताए। भारतर्फ विवादित क्षेत्रको पहिचानको काम तत्काल सुरु भइसकेको र चीनतर्फ समय अनुकुल भएपछि गरिने उनले प्रष्ट पारे।

‘केहीकेही ठाउँमा नदीले धार फेर्दै जाँदा समस्या उत्पन्न भएको छ’, मन्त्री बास्कोटाले भने,‘राष्ट्रिय अन्तर्राष्टिय मापदण्डअनुसार काम गर्दै जानुपर्छ, सबैभन्दा पहिले विवादित ठाउँको काम गर्नुपर्छ।’

नेपालले इतिहासमै पहिलोपटक कुटनीतिक नोट भारतलाई पठाएको समेत उनले जानकारी दिए। ‘यसलाई नेपालको फस्ट स्टेप मान्नुपर्छ, भारतीय पक्षलाई सत्यका आधारमा तथ्य प्रमाणित गर्न दिनुपर्छ’, मन्त्री बास्कोटाले भने।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित