गोर्खा अनलाइन रेडियो लन्डन,
मिस वर्ल्ड प्रतियोगितामा भाग लिइरहेकी मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् । यसपछि उनि टप ३० भित्र पर्न सफल भएकी छन् ।
मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको दोस्रो चरण राउन्ट टू मा इन्डोनेसियासँगको प्रतिस्पर्धामा अनुष्का श्रेष्ठले मिस वल्र्ड प्रतिस्पर्धाको उत्कृष्ट ४० मा छनौट भएकी थिइन् ।
मिस वर्ल्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । ६९औं मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिख शनिवारका दिन लण्डनको एक्शेलमा हुँदैछ ।





