कञ्‍चनपुरमा हात्ती आतंक

महेन्द्रनगर : महाकाली नगरपालिकामा हात्ती आक्रमणबाट दुईजना महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै बुधबार राती कञ्चनपुरको बेदकोट नगरपालिका २ मुक्त कमैया शिविरमा हात्तीको आक्रमणबाट एकजना वृद्ध घाइते भएका छन्।

राती १ बजेतिर आएको हात्तीको आक्रमणबाट सीताराम डगौरा घाइते भएका हुन्। उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश सिंहले बताए । घाइते डगौराको घरमा समेत क्षति पुगेको उनको भनाइ छ ।

पछिल्लो केही महिनायता कञ्चनपुरमा हात्ती आतंक बढेको छ । केही महिनाअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ मा पनि हात्तीको आक्रमणबाट एक वृद्धले ज्यान गुमाएका थिए । हात्तीको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिकाकी एक महिला पनि घाइते भएकी थिइन्।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित