बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।

गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

 

 

बिहीबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सोध्यौं – धेरै क्यालेन्डरहरुमा रातो चिह्न लागेको छ, सरकारी विदा छ कि छैन ।

उनले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, भोलि सार्वजनिक विदा दिइएको छैन’ उनले भने ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित