सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

गोर्खा अनलाइन रेडियो लन्डन,

१३ औँ सागको समापन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै विजेता खेलाडीहरुलाई उचित पुरस्कार दिने घोषणा गरे अनुसार सागका स्वर्ण विजेता नेपाली खेलाडीलाई सरकारले सम्मानस्वरूप जनही ९ लाख रूपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खेलाडीहरूलाई बालुवाटारमा बोलाएर खेलाडीहरुलाई सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेका हुन् । एक स्वर्ण जित्नेलाई ९ लाख र १ भन्दा बढी स्वर्ण विजेतालाई ११ लाखको पुरस्कार घोषणा गरिएको छ बने समूह स्पर्धामा स्वर्ण ल्याउनेलाई जनही ५ लाख रूपैयाँ प्रदान गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरेका छन् । १३ औं सागमा घरेलु मैदानमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांश्य पदक जितेको थियो । खेलकुदको क्षेत्रमा सागमा नेपालीहरुले गरेको योगदानले सर्वत्र प्रशंसा पाइराखेको छ

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित