गोर्खा अनलाइन रेडियो लन्डन,
१३ औँ सागको समापन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै विजेता खेलाडीहरुलाई उचित पुरस्कार दिने घोषणा गरे अनुसार सागका स्वर्ण विजेता नेपाली खेलाडीलाई सरकारले सम्मानस्वरूप जनही ९ लाख रूपैयाँ दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खेलाडीहरूलाई बालुवाटारमा बोलाएर खेलाडीहरुलाई सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेका हुन् । एक स्वर्ण जित्नेलाई ९ लाख र १ भन्दा बढी स्वर्ण विजेतालाई ११ लाखको पुरस्कार घोषणा गरिएको छ बने समूह स्पर्धामा स्वर्ण ल्याउनेलाई जनही ५ लाख रूपैयाँ प्रदान गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरेका छन् । १३ औं सागमा घरेलु मैदानमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांश्य पदक जितेको थियो । खेलकुदको क्षेत्रमा सागमा नेपालीहरुले गरेको योगदानले सर्वत्र प्रशंसा पाइराखेको छ





