गोर्खा अनलाइन रेडियो लन्डन,

काठमाडौंको कपनमा डेरा गरी बस्ने एक युवतीले आफूलाई धोका दिएको झोंकमा आफ्नै प्रेमी राजीव सुनुवारलाई अन्तिम पल्ट भेट्न कोठामा बोलाएर चक्कुले लिंग छेदन गरेकीछन । काठमाण्डौको हायात होटलमा कार्यरत दुवैजानाको सम्बन्ध प्रेमी प्रेमिकाको रुपमा परिणत भएको थियो ।
उनीहरुको धर्म फरक फरक भएका कारण सुनुवारको परिवारले फरक धर्मकी केटी घरमा नभित्र्याउने बताएपछि सुनुवारले बिहेका लागि अस्वीकार गरेका थिए । मकवानपुर हेटौंडा घर भई हाल बौद्ध बस्दै आएका राजीवको उमेर २१ वर्ष र उनकी प्रेमीकाको उमेर 19 वर्षको रहेको थियो ।
सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।





