गोर्खा अनलाइन रेडियो लन्डन,
पछिल्लो समय निकै चर्चित अनि लोकप्रिय रहन सफल नेपाली चलचित्र ‘छ माया छपक्कै’ बेलायतवासी नेपालीहरुले पनि हेर्न पाउने भएका छन् । बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्टद्वारा उक्त नेपाली चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन गरिन लागिएको हो ।
अंग्रेजी नयां वर्ष २०२० को अवसर पारेर आगामी जनवरी ५ तारिखका दिन अल्डरसटको एम्पायर हलमा दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज आयोजकले बताएका छन् । तेस्तैगरी बेलायतका अन्य विभिन्न स्थानहरुमा पनि चलचित्रको प्रदर्शनी गरिने भएको छ ।
दीपेन्द्र लामाद्वारा निर्देशित उक्त चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतको अभिनय रहेको छ । नेपाली राजनीति र राजनैतिक दलको सेरोफेरोलाई आधार मानेर चलचित्रको विषयवस्तुलाई समेटिएको छ ।
नेपालमा चलचित्र व्यवसाय धरापमा पर्दै गैरहेको बेला चलचित्र छ माया छपक्कै ले राम्रो व्यापार गर्न सफल भएको छ ।






