शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको नयां नेतृत्वमा भिम बानियाँ

गोर्खा अनलाइन रेडियो लन्डन,
बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले गत आइतबारका दिन संस्थाको अधिवेशन सम्पन्न गरि नयां कार्यसमितिको चयन गरेको छ । संस्थाको सातौँ अधिवेशनले भिम बानियाँको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति छनौट गरेको छ । बानियाँ यस अघि पनि सल्लाहकारको रुपमा रहँदै आएका थिए ।
नयां कार्यसमितिमा उपाध्यक्ष बाचस्पति रेग्मी, महासचिव बिक्रम भट्टराई, कोषाध्यक्ष हरि भट्टराई, सह -कोषाध्यक्ष गंगा अधिकारी, सांस्कृतिक सचिव सुशिला पौडेल र तानिया जैन तथा सदस्यहरुमा शंकर श्रेष्ठ, दिल रुचाल, भरत श्रेष्ठ, अरबिन्द सहनी, प्रदिप रेड्डी, भिमबहादुर गुरुङ, निरज तिवारी, निरज शर्मा र शरद कुलकर्नी चुनिएका छन् । अन्य बाँकी सदस्यहरु भने अध्यक्षले थप गर्न सक्ने सहमति गरिएको छ ।
गैर आवासीय अनेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङद्वारा अधिवेशनको उद्घाटन गरिएको थियो । निर्वाचन आयुक्त एकेन्द्र गुरुङ रहेको एक समितिले संस्थाका निबर्तमान अध्यक्ष रोहित गुरुङ् संरक्षक रहने गरि बोर्ड अफ ट्रस्टीमा भने १४ जनाको नाम समेत सार्बजनिक गरेको छ । सन् २००७ मा स्थापना भएको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले गत जनवरीमा मात्र करिब ३ लाख पाउण्डको लागतमा मन्दिरको प्रयोजनको लागि घर खरिदा गरि संचालनमा ल्याइसकेको छ ।

समाजसेवी, व्यवसायी तथा मन्दिरका प्रमुख दाता समेत रहेका रवि लामिछानेले हालै मात्र मूर्ती तथा शिवलिंग सहयोगस्वरुप प्रदान गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित