गोर्खा अनलाइन रेडियो लन्डन,
बेलायतको अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले गत आइतबारका दिन संस्थाको अधिवेशन सम्पन्न गरि नयां कार्यसमितिको चयन गरेको छ । संस्थाको सातौँ अधिवेशनले भिम बानियाँको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति छनौट गरेको छ । बानियाँ यस अघि पनि सल्लाहकारको रुपमा रहँदै आएका थिए ।
नयां कार्यसमितिमा उपाध्यक्ष बाचस्पति रेग्मी, महासचिव बिक्रम भट्टराई, कोषाध्यक्ष हरि भट्टराई, सह -कोषाध्यक्ष गंगा अधिकारी, सांस्कृतिक सचिव सुशिला पौडेल र तानिया जैन तथा सदस्यहरुमा शंकर श्रेष्ठ, दिल रुचाल, भरत श्रेष्ठ, अरबिन्द सहनी, प्रदिप रेड्डी, भिमबहादुर गुरुङ, निरज तिवारी, निरज शर्मा र शरद कुलकर्नी चुनिएका छन् । अन्य बाँकी सदस्यहरु भने अध्यक्षले थप गर्न सक्ने सहमति गरिएको छ ।
गैर आवासीय अनेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङद्वारा अधिवेशनको उद्घाटन गरिएको थियो । निर्वाचन आयुक्त एकेन्द्र गुरुङ रहेको एक समितिले संस्थाका निबर्तमान अध्यक्ष रोहित गुरुङ् संरक्षक रहने गरि बोर्ड अफ ट्रस्टीमा भने १४ जनाको नाम समेत सार्बजनिक गरेको छ । सन् २००७ मा स्थापना भएको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले गत जनवरीमा मात्र करिब ३ लाख पाउण्डको लागतमा मन्दिरको प्रयोजनको लागि घर खरिदा गरि संचालनमा ल्याइसकेको छ ।

समाजसेवी, व्यवसायी तथा मन्दिरका प्रमुख दाता समेत रहेका रवि लामिछानेले हालै मात्र मूर्ती तथा शिवलिंग सहयोगस्वरुप प्रदान गरेका थिए ।
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको नयां नेतृत्वमा भिम बानियाँ
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको नयां नेतृत्वमा भिम बानियाँ
तपाईको प्रतिक्रिया





