चीनमा नेपाली भेषभूषा पुरस्कृत

पइचिङ : नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा चीनको राजधानी पइचिङमा नेपालले भेषभूषा र संस्कृतिको प्रदर्शनीसँगै पुरस्कार समेत जितेको छ। पइचिङमा आइतबार आयोजित नवौं कूटनीतिज्ञ राष्ट्रिय पोशाक प्रतियोगितामा नेपालले भेषभूषा प्रदर्शनीमा तेस्रो पुरस्कारका साथै उत्कृष्ट व्यवस्थापन पुरस्कार पनि जितेको हो।

नेपालसहित १२ वटा देशको सहभागिता रहेको उक्त प्रतियोगितामा चीन आयोजकको रूपमा मात्र सहभागी थियो। प्रतियोगितामा यूक्रेन पहिलो, रूस दोस्रो र नेपाल तेस्रो भएको हुन्। अरू सहभागी देशमा गत वर्षको विजेता बेलारूस, बुल्गेरिया, इरान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, अरबेली मुलुक समूह, र भियतनाम थिए। सहभागी कूटनीतिज्ञ, विद्यार्थी तथा पेशाकर्मीहरू सबैले आआफ्नो देशको प्रतिनिधित्व गर्दै पहिरन, रीतिरिवाज र नृत्य प्रस्तुत गरेका थिए। प्रत्येक सहभागी देशलाई प्रदर्शनका लागि आठ मिनेट दिइएको थियो।

नेपाली दूतावासका द्वितीय सचिव श्रुति कडरियाको नेतृत्वमा पइचिङ नर्मल युनिभर्सिटीका ८ जना विद्यार्थी दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू बज्राचार्यद्वारा संगीतबद्ध सय थरि बाजा एउटै तालको धुनमा मञ्चमा प्रवेश गरेका थिए। राष्ट्रिय झण्डासहित विभिन्न जातीय पहिरनमा प्रवेश गरेका उनीहरूलाई दर्शकले तालीले स्वागत गरेका थिए। विद्यार्थीहरू सुरज क्षेत्री, निरोज बोगटी, भक्तबहादुर तामाङ, रोमी महर्जन, सदीक्षा न्यौपाने, करिश्मा महर्जन र श्रेया महर्जनले कुमारीको पहिरनसँगै नेपालको हिमाल, पहाड र तराईका जातीय पहिरनसँगै नृत्य प्रस्तुत गरेका थिए। नेपालको प्रस्तुतिलाई निर्णायकमण्डलले उच्च अंक दिएका थिए। पहिलो पुरस्कार जितेको यूक्रेनले क्रिसमससँग जोडेको संस्कृति प्रस्तुत गरेको थियो। रूसी समूहको नृत्यले उपस्थित सबैको मन जितेको थियो।

कार्यक्रमको आरम्भमा मन्तव्य राख्दै चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले देशविदेशका विभिन्न संस्कृतिलाई कदर र सम्मानका साथै त्यसमा समाहित सुन्दरतालाई अँगाल्ने यस्ता कार्यक्रमको आयोजना सह्रानीय भएको बताए। भौगोलिक विविधताको देश नेपालमा १२५ वटा भाषा बोलिने र १ सयभन्दा धेरै जाति सौहार्दपूर्वक बस्दैआएको पनि उनले बताए। कार्यक्रममा सहभागी देशका कूटनीतिज्ञको उपस्थिति थियो। नेपालको यो वर्षसहित तेस्रोपटक सहभागी भएको दूतावासले जनाएको छ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित