नेकपा सचिवालय बैठक १ बजे धुम्बाराहीमा

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले जानकारी दियो।

अध्यक्ष दाहालले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने जाने छैनन्।

एपेन्डिसाइटिसको शल्यक्रियापछि ९ दिन अस्पताल बसेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण सचिवालय बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक डाकेका छन्।

 

सचिवालय बैठकको तयारी गर्न भनेर आइतबार बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सदस्य ईश्वर पोखरेललगायत नेताहरू प्रचण्डले खुमलटारमा बोलाएका थिए।

नेता देवेन्द्र पौडेलका अनुसार पार्टीका विभिन्न विभागमा पदाधिकारी तथा सदस्य नियुक्ति सचिवालयले गर्ने र त्यसअघिको गृहकार्य गर्न प्रचण्ड र सचिवालयका सदस्यहरूको बैठक बसेको हो।

आजको बैठकमा मंसिर १४ गते भएको विभिन्न तहको उपनिर्वाचनको मतपरिणामबारे पनि समीक्षा हुनेछ।

यसअघि मंसिर १८ गते बसेको सचिवालयले बैठकले उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा पठाउन पार्टीका सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियो।

 

उपनिर्वाचनमा नेकपाले भक्तपुरमा प्रदेश सभा सदस्य र धरान उपमहानगरमा मेयर गुमाएको थियो।

दुई वर्षअघि नेकपा (तत्कालीन एमाले/माओवादी केन्द्र) ले जितेका ६ वडामा पनि यसपालि नेपाली कांग्रेसले जितेको छ।

६ दशकदेखि कम्युनिष्टको गढ रहेको धरानमा पराजित भएपछि नेकपाभित्र हारको कारणबारे बहस जारी छ।

आजको बैठकले पार्टी स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे पनि छलफल गर्नेछ।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित