दमौलीमा मादी नदी थुनेर ताल निर्माण गरिँदै

दमौली । व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो।

सो आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिए । उनले भने “पहिलो चरणमा ताललाई मात्रै प्राथमिकतामा राखेर काम हुनेछ।”

नगरपालिकाले दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको जनाएको छ।

नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ।

“मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ”, नगरप्रमुख न्यौपानेले भने, “यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।”

काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि करिब रु छ अर्ब लाग्ने अनुमान छ।

कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५०० क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायतका संरचना निर्माण गरिनेछ।

प्रथम चौमासिक खर्च रु २४ करोड

नगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ को प्रथम चौमासिकसम्म रु २४ करोडभन्दा बढी खर्च गरेको छ।

३१ औँ नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्म चालू र पूँजीगततर्फ गरी रु २४ करोड ८९ लाख १८ हजार ५९९ खर्च भएको नगरपालिकाले जनाएको छ।

चालूतर्फ रु १८ करोड ३४ लाख ५६ हजार ९९५ र पूँजीगततर्फ रु छ करोड ५४ लाख ६१ हजार ६०४ खर्च भएको नगरपालिकाका प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिए ।

चालू आवको कूल बजेट रु एक अर्ब ३८ करोड तीन लाख २५ हजारमध्ये चालूतर्फ रु ७७ करोड ८६ लाख ७९ हजार र पूँजीगततर्फ रु ६० करोड १६ लाख ४६ हजार खर्च हुने नगरपालिकाको अनुमान छ।

प्रथम चौमासिकमा चालूतर्फ अनुमानको तुलनामा २३।५६ प्रतिशत र पूँजीगततर्फ अनुमानको तुलनामा १०.८८ प्रतिशतले बढी खर्च भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले प्रथम चौमासिकसम्म रु ४० करोड १३ लाख ५७ हजार ५६४ आम्दानी गरेको छ ।

बाह्यतर्फ रु ३३ करोड १९ लाख ६९ हजार ५६२ र आन्तरिकतर्फ रु छ करोड ९३ लाख ८८ हजार २०० आम्दानी भएको छ ।

चालू आवमा नगरपालिकाले बाह्य र आन्तरिक गरी आयतर्फ रु एक अर्ब ३८ करोड तीन लाख २५ हजार अनुमान गरेको छ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित