Home > Blog > निर्मलाको यादमा आमा यसरी भावविह्वल बनिन् (भिडियोसहित)………………………

निर्मलाको यादमा आमा यसरी भावविह्वल बनिन् (भिडियोसहित)………………………

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको करिब डेढ वर्ष बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
यसै घटनालाई आधार बनाएर गायिका अञ्जु गौतमले आमाको पीडा नामक गन्धर्व गीत बजारमा ल्याएकी छिन् । गीतमा आफ्नै टोल छिमेकमा चेलहिरु हिँड्न डराउनुपर्ने छोरीको आत्मा शान्तिको लागि न्याय खोज्दै हिँडेकी निर्मलाकी आमाको व्यथा प्रस्तुत गरिएको छ ।
उक्त गीतमा स्वर अञ्जु गौतम , अभिनय दिपक शर्मा तथा अञ्जु गौतमको रहेको छ भने निर्देशन पनि दीपक शर्माकै रहेको छ । अञ्जु गौतमको अफिसियल युटुव च्यानलमार्फत आइतबार सार्वजनिक भएको गीतको सम्पादन ताराकान्त बि.क.ले गरेका छन् भने छायाङ्कन राहुल राईले गरेका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1