ट्रकको ठक्करबाट बालिका घाइते भएपछि कोहलपुर तनावग्रस्त

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ ।

आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते  भएकी छिन्। उनको अस्पतालमा उपचार भइरहेको छ ।

स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ । दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

 

इलाका प्रहरी कार्यालय कोहलपुरले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ । यद्यपि अहिले प्रहरीहरु सडकमा देखिँदैनन् । सडकमा विद्यार्थी र स्थानीयवासी मात्र छन् । प्रहरीले सडक खुलाउने प्रयास नगरेको भन्दै अलपत्र परेका यात्रुहरु निराश छन् ।

प्रहरी नै विद्यार्थी र स्थानीयवासीकाे घेराबन्दीमा परेको छ । प्रहरीमाथि उनीहरूले ढुंगामुढा गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ भने केही सेल अँश्रु ग्यास प्रहार गरेको छ ।

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका-२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका-१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित