विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आइरहेका एक क्रियाशील संस्था हो –हातेमालो साहित्य संगम बाग्लुङ शाखा । विभिन्न रचना वाचन , अनलाइन मुक्तक लेखन ,गजल लेखन ,अनुभव लेखन , निबन्ध लेखन लगायतका कार्यक्रम तथा प्रत्यक्ष स्रष्टा जमघट , रचना वाचनजस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको हातेमालोले यही पुष ५ गते शनिबार धौलागिरकिा तीन स्रष्टालाई एकैठाउँमा उभ्याई तीन फरक विधाका रचना वाचन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा पर्वतको प्रतिनिधित्व गरेर साहित्यकार तथा पत्रकार ओम प्रसाद घायलले कविता वाचन, बाग्लुङको प्रतिनिधित्व गरेर साहित्यकार तथा पत्रकार तारा प्रसाद शर्मा स्टारले मुक्तक वाचन तथा म्याग्दीको प्रतिनिधित्व गरेर युवा गजलकार शङ्कर चोखालले गजल वाचन गर्नेछन् ।
कार्यक्रममा सम्भव भएसम्म साङ्गितिक कार्यक्रम समेत समेट्ने कुरा आयोजकले जनाएको छ ।
हातेमालोले फेरि उभ्याउने भयो तीन स्रष्टा
हातेमालोले फेरि उभ्याउने भयो तीन स्रष्टा
तपाईको प्रतिक्रिया





