भारतले नेपालको भूमि मिचेको भन्दै एनआरएनएले संयुक्त राष्ट्रसंघमा बुझायो ज्ञापनपत्र

न्यूयोर्क । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सो नक्साप्रति आपत्ति जनाउँदै न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गइ ध्यानाकर्षण गराएको छ। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेको विषयलाई लिएर संघले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै प्रधान कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

सरकारले यो मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्दा झनै जटिलता उत्पन्न हुने भन्दै पहिले भारतसँग कुटनैतिक छलफल गरेर यसको समाधान गर्ने भनेका बेला एनआरएनएले यसलाई राष्ट्रसंघसम्म पुर्याएको हो । संघका केन्द्रिय उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले संयुक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटिरेजको कार्यकारी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा नेपालको सार्वभौम भूमि आफ्नै सीमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत राष्ट्रसंघ समक्ष अनुरोध गरिएको छ ।

बुझाइएको ज्ञापनपत्रको पूर्ण पाठ

यद्यपि दुई देशबीचको सीमा विवाद दुईपक्षीय कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने एनआरएनएको तर्क छ। ज्ञापनपत्र बुझाउन एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामा,  अमेरिकाका उपाध्यक्ष बीआर लामा, सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार, एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि पूर्व डेपुटी रिजनल कोअर्डिनेटर नविन शेरचन, एनआरएनए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु रानामगर, सञ्चारकर्मीहरू किरण मरहठ्ठा र किशोर पन्थी राष्ट्रसंघ मुख्यालयमा पुगेका थिए ।

यसअघि एनआरएनएले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै विश्वभरी रहेका एनसीसीहरुलाई भारतीय दूतावासमा गएर विरोध गर्न निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार विश्वभरमा रहेका गैरआवासीय नेपालीहरूले सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावासमा धर्ना, विरोध प्रदर्शनका साथै ज्ञापनपत्र पनि बुझाउँदै आएका छन्।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित