Home > Blog > ८ वर्षीया बालिका बलात्कृत

८ वर्षीया बालिका बलात्कृत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई सुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घरभई हाल खर्वाङ्ग बस्दै आएको ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्ती गरेका हुन् । बालिका र आफ्न्तले घटनाबारे प्रहरीमा जाहेरी दिए पछि लगतै राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । आरोपित राई र बालिकाका बुवासँगै मजदुरी गर्ने र एउटै घरमा बस्दै आएको प्रहरीको भनाई छ । राई विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1