आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् ।

सुरु भइसकेका खेलले  निरन्तरता पाउनेछन् भने बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् ।

बक्सिङ र स्क्वास सातदोबाटोमा हुनेछ । यस्तै फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र आजदेखि सुरु हुनेछ कुस्ती जनकपुरमा सञ्चालन हुनेछ ।

यसबाहेक काठमाडौंमा एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस, टेनिसका खेलहरु पनि हुनेछन् ।

ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्याण्डबलका खेल पोखरामा हुनेछ ।

सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीमा आजदेखि सुरु हुने बक्सिङमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्नेछ । खेल टीयू मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसैगरी पौडीमा आज विभिन्न ७ इभेन्टमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित