प्रधानमन्त्रीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी गरेको छ । ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ओलीको घाउ निको हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

‘प्रधानमन्त्रीको पेटको घाउँ सुक्खा हँुदै गएको छ, अब सामान्य रूपमा हिँड्न सक्नुहुन्छ’ एक चिकित्सकले भने । ओलीको पेटमा संक्रमण भएकाले शल्यक्रियापछि पनि लामो समय अस्पतालमा बस्नु परेको चिकित्सकको भनाइ छ । अस्पतालले बुधबार विज्ञप्ति जारी गरेर ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएको छ ।

अस्पतालका निर्देशक डा. उत्तमकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको व्यहोरा जानकारी गराइन्छ ।’

चिकित्सकहरूले शल्यक्रिया गरेको घाउ पूर्णरूपमा ठीक भएपछि मिर्गौला प्रत्यारोपणको तयारी थालिने बताएका छन् । ओलीलाई मिर्गौला दिन दुईजनालाई तयारी अवस्थामा राखिएको छ । स्रोतका अनुसार उनीहरू ओलीका भान्जा भान्जी हुन् ।

नयाँपत्रिका

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित