नेपालले भुटानलाई दियो २३७ रनको लक्ष्य, ज्ञानेन्द्रले तोडे पारसको रेकर्ड

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्व्विद्यालय क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३६ रन बनाएको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।

मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ५ चौका र ९ छक्का प्रहार गरे । पारस खड्काले २८ बलमा ५७ रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले २७ बलमा ४५ रन बनाए । उनले ४ चौका र २ छक्का हाने । भुटानका लागि कर्मा दोर्जीले २ र तोब्देन सिंगेले १ विकेट लए ।

यससँगै मल्ल नेपालको लागि टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो कप्तान र दोस्रो खेलाडी बनेका छन् । मल्लले ५२ बलमा अर्धशतक बनाएका हुन् । ज्ञानेन्द्रले पारस खड्काको रेकर्ड पनि तोडेका छन् । पारसले नेपालका लागि एक इनिङमा सर्वाधिक १०६ नटआउट रन बनाएकोमा ज्ञानेन्द्रले १०७ रन बनाएर आउट भएका छन् ।

यसअघि नेपालको कप्तानको हैसियतमा नेपालका लागि पारस खड्काले पहिलो टि–२० अन्तर्राष्ट्रिय शतक बनाएका थिए । पारस नेपालको लागि टि–२० अन्तर्राष्ट्रियमा शतक हान्ने पहिलो नेपाली खेलाडी र कप्तान बन्दै गर्दा उनले लक्ष्य पिछा गर्ने क्रममा शतक बनाउने एकमात्र कप्तानको विश्वरेकर्डसमेत बनाएका थिए ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित