कराँतेको अन्तिम ४ स्वर्ण छिनोफानो आज

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज कराँतेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ । त्यस्तै, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा पनि आज हुनेछन् ।

आयोजकका अनुसार, कराँतेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्ण छिनोफानो हुनेछ ।

मंसिर १६ देखि सुरु कराँतेमा यसअघि १५ स्वर्णको निर्णय आइसकेको छ । जसमा नेपालले सर्र्वाधिक ९ स्वर्ण ३ रजत र २ कास्य हासिल गरेको छ भने बंगलादेश र पाकिस्तानले समान ३ स्वर्ण जितेका छन् ।

कराँतेमा कूल १९ स्वर्ण रहेकोमा नेपाल अहिलेसम्म कुनै पनि विधामा पदकविहीन हुनु परेको छैन ।

सन् १९९९ मा नेपालमै भएको आठौं सागमा तेक्वान्दो र कराँतेले समान १४ स्वर्ण जितेको थियो । यसपटक कराँतेले त्यो इतिहास दोहोर्याउने लक्ष्य राखेको थियो । १४ वटै स्वर्ण जित्न नसके पनि कराँतेले १३औं संस्करणमा पनि उत्कृष्ट नतिजा ल्याएको छ ।

त्यस्तै, कराँतेसँगै यसपटक ९ स्वर्ण जितिसकेको तेक्वान्दोमा आज ६ स्वर्णको छिनोफानो हुँदैछ । कुल २९ स्वर्ण रहेको तेक्वान्दोमा पुम्सेतर्फ १३ र फाइटतर्फ ४ गरी १७ वटा स्वर्णको छिनोफानो भइसकेको छ । आज ६ स्वर्णको नतिजा आएपछि ६ स्वर्णको लागि बिहीवार प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, बुधवार नेपाललाई दुई स्वर्ण दिलाएको उसुतर्फ आज पनि प्रतिस्पर्धा हुँदैछ । आज बिहानी सत्रमै दुई स्वर्णको छिनोफानो हुनेछ ।

त्यस्तै दशरथ रगशामा एथ्लेटिक्सको दोस्रो दिनको खेलहरू आज हुनेछन् । गोकर्णमा गल्फको दोस्रो दिनको खेल हुनेछ भने गोकर्णमै साइक्लिङ पनि हुँदैछ । सातदोबाटोमा सुटिङ र टेनिसका खेलहरु हुनेछन् ।

यस्तै चर्चित खेल फुटबलअन्तर्गत लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल दशरथ रंगशालमा बेलुका ५ बजे ५ बजे हुने तय भएको छ ।

अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित