कार्यकारीको पद पाएपछि प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं। कार्यकारी अध्यक्षको भूमिका पाएपछि नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका छन्। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक प्रचण्डले बुधबार विहान नौ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका छन्।

बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन्। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली उपचारका क्रममा अस्पतालमा रहेका कारण बैठकमा उपस्थित हुने छैनन्। तर प्रचण्डले ओलीको सहमति लिएर सचिवालय बैठक बोलाएका हुन्।

मंसिर ४ को सचिवालय बैठकले कार्यकारी भूमिकासहित पार्टी सञ्चालनको जिम्मेवारी दिएपछि दाहालको अध्यक्षतामा बस्न थालेको यो पहिलो बैठक हो।

बैठकमा उपनिर्वाचनको समीक्षा स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक लगाएतका एजेण्डामा छलफल हुने भएको छ।
‘उपनिर्वाचनको समीक्षा, प्रधानमन्त्रीको स्वास्थ्य, स्थायी कमिटी र केन्द्रीय समितिको बैठकलगायतका एजेण्डामा छलफल हुनेछ,’ वरिष्ठ नेता झलनाथ खनाल निकट स्रोतले भन्यो।

यसअघि भदौ ९ गते पनि प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो। पार्टी कार्यालयमा बसेको उक्त बैठकले सांगठनिक एकीकरणका केही काम टुङ्गायको थियो भने नेताकार्यकर्तालाई लागू हुने गरेर अनुशासनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो।

कार्यकारीको भूमिका पाएपछि सक्रिय हुन खोजेका प्रचण्डलाई प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि खुम्चिएका थिए। सचिवालय बैठकपछि प्रचण्डले केन्द्रीय कार्यसमिति र स्थायी कमिटी बैठक पनि बोलाउने तयारी गरेका छन्। प्रचण्डले आफूलाई सम्पूर्ण रुपमा पार्टीका गतिविधिमा केन्द्रित गर्न चाहेको एक नेताले जनाए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित