प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रचण्डको चीन भ्रमण रोकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिका कारण नेकपा अध्यक्ष प्रचण्डले आफ्नो आसन्न चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेट गरेको भोलिपल्ट प्रचण्डले चिनियाँ राजदूतलाई बोलाएर आफू चीन जान नसक्ने जानकारी दिएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय नेकपाका नेताहरुको अगुवाई गर्दै मंसिर २४ गते चीन जाने कार्यक्रम थियो । चीनमा नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न अवलोकनहरु गर्ने कार्यक्रम थियो ।

 

 

प्रचण्डले कार्यक्रमको उदघाटन गरेर वीचैमा र्फकने गरी जान तयारी गरेका थिए । तर, सोमबार प्रधानमन्त्री ओलीलाई भेटेपछि उनले मंगलबार चिनियाँ राजदूतसँग आफू भ्रमणमा जान नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली विरामी अवस्थामा अस्पतालमा रहेको हुनाले यस्तो बेलामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरुवीच छलफल भएपछि प्रचण्डले चिनियाँ राजदूतलाई परिस्थितिबारे जानकारी गराएको नेकपाको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

दुई सातापछि प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको तयारी

यसैवीच, एपेन्डिसाइटिसको अप्रेशन गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मृगौला रि-ट्रान्सप्लान्ट गराउने निश्कर्षमा नेकपाका नेताहरु पुगेका छन् । तर, मृगौला प्रत्यारोपणका लागि विदेश लैजाने कि नेपालमै गराउने भन्ने विषयमा भने निर्णय भइनसकेको नेकपा स्रोतले अनलाइनखबरलाई बतायो ।

‘गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हुनाले अब डेढ/दुई सातासम्म प्रधानमन्त्रीले बेडकै आराम गर्नुहुनेछ । त्यसबेलासम्म होमोडाइलासिसबाटै काम चलाइनेछ’ नेकपा सोतले भन्यो, ‘त्यसपछि मृगौला पुनःप्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । तर, स्वदेशमै गर्ने कि विदेश लैजाने भन्नेमा डाक्टरहरु अझै छलफलमै छन् ।’

केही चिकित्सकले यहाँ रिस्क नमोलौं, विदेशमै लैजाऔं भनिरहेको र केहीले चाहिँ बरु विदेशबाट चिकित्सकलाई यतै बोलाएर नेपालमै रि-ट्रान्सप्लान्ट गरौं भनिरहेको जानकारी दिँदै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसबारेमा अझै ठोस निर्णय भएको छैन, अझै डेढ-दुई सातासम्म प्रधानमन्त्रीले अस्पतालमै आराम गर्नुपर्ने स्थिति छ ।’

प्रधानमन्त्री ओलीले सोमबार एक भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र बोल्न, समाचारहरु पढ्न सक्ने अवस्थामा रहेको बताएका छन् । अस्पतालबाट दिएको सन्देशमा प्रधानमन्त्रीले भनेका छन्,- ‘मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे अस्पतालबाटै दिएको सन्देशमा भनेका छन्, ‘इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुपर्‍यो । त्यसकारण उपचारका क्रममा हप्ता/दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।’
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित