साग :फुटबलमा भुटान र क्रिकेटमा श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन मंगलबार विभिन्न खेलहरू हुँदैछन् । तीन चर्चित समूह खेलहरू फुटबल क्रिकट र भलिबलका साथै नेपालले दोस्रो दिन स्वर्ण जितेको तेक्वान्दो र कराँते पनि मंगलबार हुनेछ । त्यस्तै स्वर्णको अपेक्षा गरिएका उसु र एथ्लेटिक्स पनि आजबाटै सुरु हुँदैछ ।

सन् २०१० मा ढाकामा भएको ११ औं संस्करणमा समावेश भएको क्रिकेट ९ वर्षपछि सागमा पुनरागमन भएको छ । पहिलोपटक समावेश महिला क्रिकेट सोमबारदेखि नै पोखरामा सुरु भए पनि पुरूष क्रिकेट मंगलबारदेखि हुँदैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने क्रिकेटको पहिलो खेलमै घरेलु टोली नेपालले श्रीलंका यू–२३ सँग प्रतिस्पर्धा गर्दैछ । पुरूष क्रिकेटमा भारत र पाकिस्तान सहभागी छैनन् भने ५ टिमले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ११ बजे सुरु हुनेछ ।

त्यस्तै, पुरूष फुटबलतर्फ त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे हुनेछ ।

भुटानले सोमबार पहिलो खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । त्यस्तै, बंगलादेश र माल्दिभ्सबीच बेलुका ५ बजे खेल सुरु हुनेछ । महिला फुटबल पनि मंगलबारदेखि नै पोखरामा सुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।

मंसिर ११ गतेदेखि नै सुरु भएको भलिबलमा पुरूष र महिलाको फाइनल खेल मंगलबार हुँदैछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने फाइनलमा महिलातर्फ घरेलु टोली नेपालले दिउँसो २ बजे भारतसँग खेल्नेछ । ४ बजे हुने पुरूष फाइनलमा भारत र पाकिस्तानबीच खेल हुनेछ । नेपालको पुरूष टोली भने समूह चरणबाटै बाहिरिसकेको छ ।

महिला फुटबल प्रतियोगिता भने पोखरामा सुरु हुँदैछ । महिला फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्दै छ । खेल बिहान पोखरा रंगशालास्थित फुटबल मैदानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

यसैगरी, एथ्लेटिक्सका खेलहरू पनि दशरथ रंगशालाको ट्रयाकमा मंगलबारदेखि सुरु हुँदैछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित